रसिया विश्वकपमा कसको सम्भावना कति ?

रसिया विश्वकपमा कसको सम्भावना कति ?

पछिल्ला ५ वटा विश्वकपमा हरेकपटक नयाँ विजेता देखिएको सन्दर्भमा यसपटक विभिन्न विश्लेषणहरूले विश्वकपमा सहभागी ३२ मध्ये ८ टिमलाई विश्वकपको प्रबल दावेदारका रूपमा अगाडि सारेका छन् । ती ८ टिम जर्मनी, ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल तथा इंग्ल्यान्ड हुन् । फिफा, गोल डटकम, द टेलिग्राफ, द गार्जियन तथा सीआईईएस जस्ता वेबसाइटले विश्वकपका पछिल्ला खेलहरू, सम्बन्धित टिमको पछिल्लो एक वर्षको प्रदर्शन, उनीहरूले पाएको बरियताक्रम तथा उनीहरूको खेलकौशलका आधारमा यस्ता विश्लेषण गरेका हुन् ।

जम्मा १२ टिम फाइनलमा

अहिलेसम्म खेलिएका विश्वकपका २१ वटा संस्करणमा संसारभरका जम्मा ७७ वटा मुलुकले फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाएका छन् । तीमध्ये पनि अहिलेसम्मका २० वटा फाइनलमा जम्मा १२ वटा देश एकअर्कासँग भिडेका छन् । तीमध्ये जम्मा ८ वटा टिमले विश्वकप चुमेका छन् । पछिल्लो विजेता जर्मनी १३ पटक सेमिफाइनलमा पुगेर १२ पटकसम्म पहिलो, दोस्रो वा तेस्रो भएको छ भने १ पटकमात्र उसले चौथो स्थानमा चित्त बुझाउनुपरेको छ । अहिलेसम्म जर्मनी ८ पटक, ब्राजिल ७ पटक, इटाली ६ पटक तथा अर्जेन्टिना ५ पटक फाइनलमा पुगेका छन् ।

छनौट चरणमा बलियो टिमहरू

कतिपय विश्लेषक विश्वकपको फाइनल चरणमा स्थान बनाउन खेलिने छनौट चरणका खेलमा सहभागी टिमहरूले छनौट चरणमै देखाएको प्रदर्शनलाई उनीहरूको विश्वकप जित्ने सम्भावनासँग समेत जोडेर हेर्ने गरेका छन् । छनौट चरणमा सबैभन्दा अगाडि जर्मनी देखियो, जसले छनौट चरणमा खेलेका सबै १० वटा खेल जितेको थियो ।

२ पटकको च्याम्पियन उरुग्वेले छनौट चरणमा खेलेका १८ मध्ये ९ खेल जितेको थियो । जबकि उसकै समूह–ए मा रहेको इजिप्टले छनौट चरणका ७ खेलमध्ये ५ वटा खेल जितेको थियो ।

समूह–बी मा रहेको स्पेनले छनौट चरणका १० मध्ये ९ खेल जितेको थियो भने पोर्चुगलले पनि १० मध्ये ९ खेल नै जितेको थियो । उता समूह–सी मा फ्रान्सले छनौट चरणका १० मध्ये ७ खेल जितेको थियो भने डेनमार्कले ६ खेल जितेको थियो ।

समूह–डी मा रहेको अर्जेन्टिना छनौट चरणको अन्तिम खेल जितेपछि मात्र विश्वकपमा छनौट भएको थियो । उसले छनौट चरणका १८ खेलमध्ये ७ वटामा जित हात पारेको थियो । यही समूहमा रहेको क्रोएसियाले छनौट चरणका १० मध्ये ६ खेल जितेको थियो ।

समूह–ई मा रहेको ब्राजिलले छनौट चरणका १८ खेलमध्ये १२ खेल जितेको थियो भने यही समूहको स्वीजरल्यान्डले १० मध्ये ९ खेल जितेको थियो ।

समूह–एफ को वर्तमान विजेता जर्मनीले छनौट चरणका सबै १० खेल जितेको थियो भने मेक्सिकोले छनौट चरणका ९ मध्ये ६ खेल जितेको थियो ।

समूह–जी मा रहेको इंग्ल्यान्डले छनौट चरणका १० मध्ये ८ खेल जित्दा उसको प्रतिद्वन्द्वी बेल्जियमले १० मध्ये ९ खेल जितेको थियो ।

समूह–एच मा रहेको कोलम्बियाले छनौट चरणका १८ मध्ये ७ खेल जित्दा ६ वटा खेल बराबरीमा टुंग्याएको थियो भने सोही समूहको पोल्यान्डले छनौट चरणका १० मध्ये ८ खेल जितेको थियो ।

ग्रुप अफ डेथ कसलाई मान्ने ?

अमेरिकाका प्रोफेसर आर्पड एलोले छनौट चरणका खेलहरूको विश्लेषण तथा क्यालकुलेसन गरेर विश्वकपका लागि ईएलओ रेटिङ सिस्टम बनाएका छन् । पहिले चेस खेलका लागि प्रयोग हुने यो रेटिङ सिस्टम यसपटक एलोले फुटबलमा प्रयोग गरेका छन् । यो रेटिङ सिस्टम अनुसार समूह–ई अर्थात् ब्राजिल, स्वीजरल्यान्ड, सर्बिया र कोस्टारिका रहेको समूह नै ग्रुप अफ डेथ हो । यो रेटिङ अनुसार यो समूहलाई १ हजार ८ सय ८१ अंक दिइएको छ । आर्पड ऐलोका अनुसार यो समूहमा सर्बियाले कोस्टारिकालाई पराजित गरी ब्राजिल र स्वीजरल्यान्डसँग बराबरीमा खेल टुंग्याएको अवस्थामा ब्राजिल र सर्बियाबीचको खेल निकै महत्त्वपूर्ण हुनेछ । उक्त खेलमा पराजित हुने टिम सम्भवतस् विश्वकपबाट बाहिरिनेछ ।

ग्रुप–ईपछि १ हजार ८ सय ७९ अङ्क पाएको समूह–बी लाई पनि ईएलओ रेटिङ सिस्टमले ग्रुप अफ डेथ मानेको छ । यो समूहमा स्पेन, पोर्चुगल, इरान तथा मोरोक्को छन् । आर्पड एलोका अनुसार इरान वा मोरोक्कोले पोर्चुगल वा स्पेनसँगको खेल बराबरीमा टुंग्याएको अवस्थामा एकअर्काविरुद्ध जित निकाले स्पेन र पोर्चुगलबीचको खेल बराबरीमा टुंगिएको अवस्थामा ती दुवै टिम संकटमा पर्न सक्छ । एजेन्सीको सहयोगबाट

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय