राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ ।

राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा आजदेखि इटहरी रङ्गशालामा आयोजित स्व जननेता मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रका लागि आवश्यक स्वस्थ नागरिक तयारीसँगै अनुशासित युवा पुस्ता उत्पादन गर्नका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले यसको माध्यमबाट विश्वभर देशको गरिमा माथि उकास्न युवाप्रति राज्यले लगानी गर्न जरुरी छ भन्दै राष्ट्रपति भण्डारीले स्व जननायक मदन भण्डारी फुटबल खेलप्रति अतिलगाव राख्नु हुने नेता हुनुहुन्थ्यो भन्नुभयो ।

राष्ट्रपति भण्डारीले जननेता स्व भण्डारीको नामबाट खेलकुदको हव बन्दै गएको इटहरीमा यति ठूलो पुरस्कार राशिको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल खेलको आयोजना हुनु पनि आफैँमा ऐतिहासिक कार्य भएकोमा पनि उहाँले जोड दिनुभयो ।

विद्यालय शिक्षादेखि विश्वविद्यालयका पाठ्यक्रमहरुमा पनि विद्यार्थीलाई खेलप्रति आकर्षण गराउने पाठ्यक्रम आवश्यक रहेको कुरातर्फ राज्यको ध्यानाकर्षण गराउँदै स्वस्थ नागरिक उत्पादन गर्नु राज्यको ठूलो सम्पत्ती हुने कुरामा पनि सबैको विशेष ध्यान जान जरुरी हुनेमा राष्ट्रपतिले जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले इटहरीमा जुन हिसाबले खेलकुदका लागि भौतिक संरचना विकास गरेर प्र्रदेश १ कै खेलकुद केन्द्र बनाउने अभियानलाई मूर्तरुप दिन जुन कोसिस भईरहेको छ यो अत्यन्तै सराहनीय भएकोमा खुशी व्यक्त गर्दै उहाँले देशको गरिमा र चिनारीको मुलवस्तु खेल नै भएकाले यसको विकासमा सबै नागरिकले पनि सकारात्मक रुपमा सोच्न जरुरी छ भन्नुभयो ।

सोही कार्यक्रममा युवा तथा खेलकुलमन्त्री राजेन्द्रकुमार केसीले इटहरीलाई खेलकुद प्रदेश १ को महत्वपूर्ण खेलकुद शहरका रुपमा घोषणा गर्ने पूर्वसन्ध्यामा यति ठूलो पुरस्कार राशिको स्व मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल खेल हुनु गौरवको विषय भएको बताउनुभयो ।

उहाँले राष्ट्रको गौरवसँगै स्वस्थ युवा जनशक्ति तयार गर्ने खेलकुदको मर्यादित विकास गर्ने उद्देश्यले प्रेरित भएर नै खेलकुद मन्त्रालयको स्थापना भएको औचित्य पुष्टि गर्दै उहाँले खेलकुदका विकासका लागि राज्यले पर्याप्त बजेट विनियोजन गर्न थालेको पनि जानकारी दिनुभयो ।

मन्त्री केसीले खेलको मर्यादित समुन्नतिसँगै भर्खरै जनअनुमोदित संविधानको सबै जातजाति, समुदाय, धर्म, सम्प्रदाय सबैको अपनत्व स्थापित गर्दै संविधानको सफल कार्यान्वयनबाट मात्रै सबै नेपालीको कल्याण हुने विश्वास दिलाउँदै देशलाई समृद्ध बनाउन एक हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले इटहरी पूर्वकै उदीयमान शहर हुनुसँगै यस क्षेत्रमा हरेक खेलका ऊर्जावान् खेलाडी उत्पादन हुनुले पनि इटहरी खेलकुद हव बनिरहेको तर्फ कसैले नकार्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले इटहरीलाई खेलकुदको पूर्वाधार सम्पन्न स्थानका रुपमा विकास गर्न राखेपले पर्याप्त प्रयास गर्दै नेपालका १५ वटा चर्चित खेलका अन्तर्राष्ट्रियस्तरका खेलकुद मैदान तयार भइरहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा फुटबल खेल संयोजक नारायण ढुङ्गानाले स्वागत तथा राष्ट्रिय जागृति क्लबका अध्यक्ष सञ्जिव ढुङ्गेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यक्रम पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।

साथै, सोही समारोहमा राष्ट्रपति भण्डारीले पहिलो खेलमा सहभागी भएका रुस्लान थ्रिस्टार क्लब, काठमाडौँ र सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सफलताको शुभकामना दिँदै निर्णायकलाई फुटबल दिएर खेलको शुभारम्भ गर्न अनुमति प्रदान गर्नुभयो ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय