विवाहअघि यी चार पुरुषसँग प्रेमसम्बन्ध रहेको खुलासा

विवाहअघि यी चार पुरुषसँग प्रेमसम्बन्ध रहेको खुलासा

कार्तिक १९ । बलिउड क्षेत्रमा प्रवेश गर्नुअघि ऐश्वर्या राय आफ्नो सुन्दरताकै कारण सन् १९९४ मा विश्वसुन्दरी बन्न सफल भएकी थिइन् । त्यसपछि झन् उनको सुन्दरताको प्रशंसा गर्नेहरुको सख्ंया
बढ्दै गयो । अझैसम्म पनि बलिउड क्षेत्रमा उनको सुन्दरताको प्रशंसा गर्नेको संख्यामा कुनै कमी आएको छैन । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् ।

तर, मोडलिङ सुरु गरेपछि बिहे अघिसम्म ऐश्वर्याको जीवनमा केही पुरुषहरूको नाम जोडिएर आयो । के यी पुरुषहरुसँग प्रेमसम्बन्ध रहेको थियो त ?

सलमान खान

दिल दिए, दर्द लिए

सलमान खान र ऐश्वर्याको सम्बन्ध हिन्दी फिल्म इतिहासमा चर्चित छ । उनीहरू बीचको प्रेम कहानीले पत्रिका र टेलिभिजनमा निकै स्थान पायो । प्रसंग सन् १९९९ आसपासको हो । सञ्जयलीला भन्सालीले सलमान र ऐश्वर्या रायलाई लिएर ‘हम दिल दे चुके सनम’ फिल्म सुरु गरेका थिए । फिल्म सुटिङकै क्रममा दुई सेलेब्रिटी एक–अर्काप्रति आकर्षित भए ।

दुई वर्षसम्म चलेको उनीहरूको निकट सम्बन्धलाई लिएर चर्चा चल्थ्यो, दुईजना बिहे नै गर्नेछन् । सलमानका लागि ऐश्वर्या सायद ट्रफीसमान भइन्, जुन जितेर उनमा दम्भ बढ्यो । बिस्तारै सलमानमा यस्तो व्यवहार विकास भयो कि ऐश्वर्याले अरू कुनै अभिनेतासँग फिल्म खेल्दा पनि रिस गर्न थाले । ऐश्वर्यालाई आफूबाहेक अरूसँग देख्नै चाहेनन् । यस्तो व्यवहारपछि पेसा र निजी जीवनमा समस्या परेको ठहर गर्दै ऐश्वर्याले सलमानलाई छाडिदिइन् । निष्कर्ष यो हो कि, ऐश्वर्यालाई सलमानले साँचो प्रेम दिए तर बदलामा दर्द लिनुपर्‍यो । बलिउडमा अहिले पनि चर्चा चल्छ, ऐश्वर्या नपाएकै कारण सलमानले अहिलेसम्म बिहे गर्न सकेका छैनन् ।

राजीव मूलचन्दानी

प्रेम या आकर्षण ?

राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । सुटिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो । सम्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे । यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टुट्यो ।

विवेक ओबराय

यार या प्यार ?

सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या निकै तनावमा आइन् । त्यो समय उनी विवेक ओबरायसँग सुटिङ गरिरहेकी थिइन् । यही परिस्थितिबीच उनीहरूको सम्बन्ध निकट रहन गयो । विवेक र ऐश्वर्याको सम्बन्धको चर्चा चल्न थालेपछि सलमानलाई असह्य भयो र विवेकलाई धम्क्याए पनि । विवेकले पत्रकार सम्मेलन गरेरै यसबारे सबै सार्वजनिक पनि गरेका थिए ।

भनिन्छ, विवेक ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे, तर ऐश्वर्या भने विवेकलाई केवल साथी मान्छिन् । उनीहरूको सम्बन्ध टुट्ने कारण यही बन्यो ।

अभिषेक बच्चन

खोजेजस्तै भेटियौ !

केही फिल्ममा साथै काम गरेपछि अभिषेक बच्चन ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे । ‘गुरु’ र ‘उमराव’ फिल्मको सुटिङका क्रममा ऐश्वर्याप्रति अभिषेक आकर्षित भएका थिए । टोरन्टोमा भएको ‘गुरु’को प्रिमियरका बेला अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव गरेका थिए । उनले पनि तुरुन्तै स्विकारिन् ।

सायद, ऐश्वर्या एक्लो जीवन ‘सेटल’ गर्न चाहन्थिन् भने अभिषेक कोही मनपर्ने युवतीको खोजीमा थिए । २० अप्रिल २००७ मा उनीहरूले बिहे गरे । त्यसपछि ऐश्वर्या सुखी दाम्पत्य जीवन बिताइरहेकी छिन् ।

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?

कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

लोकप्रिय