विश्व कपका ४ स्टारमध्य आज २ घर फर्किदै

विश्व कपका ४ स्टारमध्य आज २ घर फर्किदै

काठमाडौं, असार १६ । लियोनेल मेसी, एन्टोइन ग्रीजमैन, लुइस सुआरेज र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका चर्चित नाम हुन । यी चार जना चर्चित खेलाडी रसियामा जारी विश्वकपको नकआउट चरणमा आज भिड्दै छन् ।

आज राति मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ग्रीजमैन नेतृत्वको फ्रान्सको सामना गर्दै छ भने रोनाल्डोको पोर्चुगलले सुआरेजको उरुग्वेसँग ।
नकआउट चरणका आज हुने पहिलो दुई खेलबाट चार मध्ये दुईले अघिल्लो चरणको यात्रा तय गर्ने छन् भने दुईले घरको यात्रा ।

फुटबलका फ्यानहरुले अर्जेन्टिना र पोर्चुगलको जितको कामना गरिरहेका छन् । किनकी क्वार्टर फाइनलमा बर्तमान विश्व फुटबलका चर्चित दुई खेलाडी मेसी र रोनाल्डोको भिड्न्त हेर्ने अवसर मिलोस ।

फ्रान्स भर्सेस अर्जेन्टिनाः मेसीको जादू या ग्रीजमैनको जलवा
लीग चरणमा मेसी र उनी नेतृत्वकोे अर्जेन्टिनाको प्रदर्शन हेर्दा फ्रान्सविरुद्ध दक्षिण अमेरिकी टीमको यात्रा थ्यति सहज देखिदैन । उनीहरुबीचको खेल शनिबार राति पौने ८ बजे कजान रङशालामा हुने छ ।

यदि अर्जेन्टिनालार्य अगाडि जानु छ भने मेसीले फ्रान्सविरुद्ध आफ्नो जादूमय खेल दिखाउनु पर्ने छ । जसका बारेमा मेसी जानकार छन् । यधपि युवा खेलाडीको बाहुल्यता रहेको फ्रान्स पनि जारी विश्वकपमा राम्रो लयमा छैन ।

दुबै टोलीले रसियामा जारी विश्वकपमा सोचे अनुरुपको खेल प्रदर्शन गर्न सकेका छैनन् । र अहिलेसम्मको विश्वकप यात्रामा यी दुई टोलीबीच ठूलो फरक छ ।

फ्रान्सले लीग चरणका तीन खेलमध्य दुईमा जित र एकमा बराबरी गरेको थियो तर अर्जेन्टिनाले भने एकमा जित एक बराबरी र एकमा नराम्रो हार व्योहोरेको थियो ।

बढी उमेरका खेलाडी
बढी उमेरका खलाडी र असन्तुलित टीम अर्जेन्टिनाको मुख्य समस्या देखिएको छ । विशेष गरी लीग चरणको क्रोएसियाविरुद्धको खेलमा त्यो प्रस्ट रुपमा देखिएको थियो । सो खेलमा अर्जेन्टिनाले ३–० को लज्जास्पद हार व्योहोर्नु पर्यो ।

तर मेसीले लीग चरणको नाइजेरियासिवरुद्धको अन्तिम खेलमा विश्वकपमा आफ्नो खाता खोलेका छन् । जसले टीमलाई विश्वकपमा पहिलो जित निकालयो त्यो अर्जेन्टिनाका लागि शुभ संकेत पनि हो ।अर्कोतिर फ्रान्स लीग चरणमा अपराजित रहे पनि सुस्त देखिएको छ । स्ट्राइकर ग्रीजमैनले अहिलेसम्म आफ्नो लय समात्न सकेका छैनन् । टीमका प्रशिक्षक डिडिए देशौं भने नकआउट चरणमा आफ्नो टोलीले लय समात्ने कुरामा ढिक्क देखिन्छन् ।

पोर्चुगल भर्सेस उरुग्वेः रोनाल्डोविरुद्ध सुवारेजसुआरेज
पोर्चुगल उरुग्वेविरुद्ध जब मैदानमा उत्रिने छ उसको फ्यानहरुको मनमा एउटा जिज्ञासा उत्पन्न हुने छ यदि आज रोनाल्डो चलेनन् भने के होला ? रोनाल्डोको एकल प्रयासले पोर्चुगल नकआउट चरणसम्म पुगेको फुटबलका जानकार बताउँछन् ।

उनको प्रदर्शनलाई अगल गर्ने हो भने पोर्चुगलको प्रदर्शन विर्सन लायक देखिन्छ । उता दुई पटकको विजेता उरुग्वेले भने लीग चरणका खेलमा टीम वर्क गजबको देखायो वा समग्रमा सामूहिक खेल प्रदर्शन गर्यो । जसमा लुइस सुआरेज, ऐन्डिसन कभानी र कप्तान डिएगो गोडिनले टोलीको जितका लागि अहम भूमिका निभाए ।

उरुग्वेको बलियो रक्षापक्ति
उरुग्वे जारी विश्वकपमो एउटामात्र यस्तो टीम हो जसले एउटा पनि गोल नआएर नकआउट चरण पुगेको छ । गोडिन एटलेटिको क्लबबाट खेल्छन् । जसको रक्षापक्ति युरोपभरको क्लबमा सबैभन्दा बलियो मानिन्छ । यसैको प्रभाव हुनसक्छ उरुग्वेले सन २०१८ को छ वटा खेलमा एउटा पनि गोल खाएको छैन ।

रोनाल्डोले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । जसमा स्पेनविरुद्धको बराबरी खेलमा ह्याट्रिक गर्दै तीन गरे । उनको नाम युरोपबाट ८५ अन्तराष्ट्रिय गोल गर्ने कीर्तिमान छ ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय