विश्वकप रसिया २०१८ : जर्मनी र मेक्सिको भिड्दै

विश्वकप रसिया २०१८ : जर्मनी र मेक्सिको भिड्दै

मस्को । साविक विजेता जर्मनीको टिममा अहिले धेरै परिवर्तन आइरहेको छ। सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन्। यस्तै सन् २०१४ को फाइनलमा अर्जेन्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोट्जेले विश्वकप टिममा स्थान बनाउन सकेनन् ।

परिवर्तित जर्मन टिममा दुईवटा कुरामात्र स्थिर छन्, ती हुन् प्रशिक्षक जोमिच लो र टिमको सफलता। विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सवै १० खेल जित्दा ४३ गोल गरेको थियो । छनोटमा उसले केवल ४ गोलमात्र खायो । जर्मनीले एक वर्षअघि रसियामै भएको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो । त्यसलै प्रशिक्षक लोसँगको सम्झौता २०२० सम्मको लागि बढाइएको थियो ।

उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो । तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो। उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोर्दै रसियाको टिकट पक्का गरेको थियो।

जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। त्यसैले पहिलो खेलमा जर्मनी सचेत भएर खेल्नेछ। प्रशिक्षक लोका लागि पहिलो रोजार्इको टिममा राख्ने खेलाडीबारे निर्णय गर्नु कठिन हुनेछ । मेसुट ओजिल, जुलियन ड्राक्सलर र मार्को रेउस मध्ये २ जना मात्र पहिलो रोजाइमा पर्नेछन्।

जर्मनीले सन् २०१४ को विश्वकपमा पहिलो खेलमा पोर्चुगललाई ४–० गोलले पराजित गरेको थियो । त्यस्तै नजिता २०१८ को विश्वकपमा निकाल्न भने जर्मनीलाई कडा परिश्रम गर्नुपर्ने देखिन्छ।

मेक्सिकोलाई जर्मनीको तुलनामा आफू खेलको बलियो टिम होइन भन्ने थाहा छ, तर उत्कृष्ट खेलेर विश्वकपमा राम्रो सुरुवात गर्न भने उसले कुनै कसर बाँकी राख्ने छैन । मेक्सिकोले पहिलो खेलमा बराबरी खेले उसका लागि उपलब्धि हुने छ। पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो।

सम्भावित टिम

जर्मनीः म्यानुयल नेउर, जोसाउ किम्मिच, जेरोम बेएटिङ, मार्टस् हुमेल्स, जोनास हेक्टर, सामी खेडिरा,, टोनी क्रुस, थोमस मुलर, मेसुट ओजिल, मोर्को रेउस, टिमो वेर्नर

मेक्सिकोः गुइलेर्मो ओएचा, कार्लोस साल्सेडो, हुगो अयाला, हेक्टर मोरेनो, मियुइल लयुम, हेक्टर हेरेरा, आन्द्रेस गुएर्डाडो, कार्लोस भेला, जेसस कोरोना, जाभियर हर्नान्डेज, हिर्भिङ लाजानो

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय