विश्वकप २०१८: रुस र इजिप्टबीचको भिडन्त

विश्वकप २०१८: रुस र इजिप्टबीचको भिडन्त

यो रुस र इजिप्टबीचको पहिलो प्रतिस्पर्धा हो। इजिप्टका फर्वार्ड खेलाडी मोहमद सलाहले रुस विरुद्ध मंगलबार हुने खेलमा सहभागी हुनका लागि फिटनेस परिक्षण पार गर्नु पर्नेछ।

गत महिनाको च्याम्पियन्स लिग फाइनलका बेला उनको कांधमा चोट लागेको कारण उनी युरुग्वे विरुद्धको खेलमा सहभागी भएका थिएनन्।

रुसले आक्रामक मिडफिल्डर एलन जागोएभ विना नै मैदानमा उत्रिनु पर्नेछ किनकी प्रारम्भिक खेलमा उनको पिंडुलामा चोट लागेको थियो।

प्रभावशाली
साउदी अरेबिया विरुद्ध रुसको प्रदर्शन यति प्रभावशाली रह्यो की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टोलीका हेड कोच स्टानिस्लाभ चेर्चेसोभलाई खेलपछिको पत्रकार सम्मेलनका बेला फोन गरेर उनी मार्फत खेलाडीहरुलाई बधाई सन्देश दिएका थिए।

इजिप्टका लागि भने त्यति सहज सुरुवात रहेन। तिनीहरु आफ्ना चर्चित खेलाडी मोहमद सलाह विना मैदानमा उत्रिएका थिए र अन्तिम समयमा युरुग्वेका सामु हार बेहोरेका थिए।

लिभरपुल क्लबका ती बलिया खेलाडीले आजको खेलमा भने सहभागी जनाउन सक्ने बताइएको छ। तर उनको स्वास्थ्य खेलका लागि उपयुक्त छ या छैन भन्ने स्पष्ट भएको छैन।

सलाह
ग्रोज्नीमा हालै भएको इजिप्टको तालिम शिविरमा सलाहलाई लुगा लगाउन उनका साथीहरुको सहयोग चाहिएको देखिएको थियो।

विश्वकप प्रतियोगिताको फाइनल चरणमा छैठौं पटक पुगेको भएपनि इजिप्टले विश्वकपमा एक खेल भएपनि जित्ने प्रयास जारी राखेको छ।

रुसको हकमा भने तिनीहरु पछिल्लो पटक सन् १९८६ मा नकआउट चरणमा प्रवेश गरेका थिए, तत्कालिन सोभियत संघको झण्डा मुनि।

अब सेन्ट पीटर्सबर्गमा हुने खेलमा हासिल हुने जीतले तिनीहरुलाई यसपटकको नकआउट चरणको एकदमै नजिक पुर्‍याउन सक्नेछ।

के भन्छन् खेलाडी?
रुसका मिडफिल्डर एन्टोन मिरान्चुकले भनेका छन्, “मोहमद सलाहले आज हामी विरुद्ध खेल्लान जस्तो छ, किनकी उनको टोलीलाई अंकको एकदम जरुरत छ।”

“निश्चय नै इजिप्टको टोलीमा उनको ठूलो प्रभाव छ तर फुटबल टोली भनेको ११ जनाको हो, एकजनाको होइन। हेरौं आज उनले हामी विरुद्ध कस्तो खेल्छन्।”

इजिप्टका मिडमिल्डर मोहमद एलनेनीको भनाई छ, “हामी सबै तिनीहरुलाई हराउन सकिन्छ भन्नेमा विश्वस्त छौं।”

“हजारौं दर्शकहरुका माझ आतिथेय राष्ट्रका विरुद्ध खेलिने खेल निकै गाह्रो हुन्छ भन्ने हामीलाई थाहा छ। तर जित्न बाहेक हाम्रा सामु अर्को विकल्प छैन, भन्नुको मतलब हामीले शान्त भएर एकाग्रताका साथ खेल्नु पर्नेछ।”

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय