सात नं प्रदेश राजधानी अत्तरिया ?

सात नं प्रदेश राजधानी अत्तरिया ?

महेन्द्रनगर, मंसिर २९। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर प्रदेशको राजधानी अत्तरिया नै उपयुक्त हुने बताएका छन् ।

महेन्द्रनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता भट्टले जनघनत्व र सबै जातजातिलाई समेट्ने हिसाबले अत्तरिया नै प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । ‘यो मेरो निजी विचार हो,’ भट्टले भने, ‘पार्टी र वाम गठबन्धनमा छलफल गरेर प्रदेश राजधानीबारे आधिकारिक निर्णय लिइने छ ।’ नेता भट्ट अत्तरिया क्षेत्रमै पर्ने कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा वाम गठबन्धनको शीर्ष नेतृत्वले निर्णय लिने इन्चार्ज भट्टले बताए । ‘वाम गठबन्धनको शीर्ष नेतृत्व अझैं पनि निर्वाचन क्षेत्र र चुनावी कार्यक्रममै छ,’ भट्टले भने, ‘चुनावी समिक्षा र भावी रणनीतिबारे वाम गठबन्धनको शीर्ष नेतृत्व छलफल गरेर अगाडि बढ्नेछ ।’ दीर्घकालीन लक्ष्यसहित वाम गठबन्धन भएकाले छिट्टै सरकार निर्माण र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने भट्टले बताए । ‘पार्टी एकता हुँदा पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री एउटा पार्टीबाट हुने सहमति भएको हो,’ भट्टले भने, ‘त्यसै सहमति अनुसार पार्टी एकता र सरकार निर्माण हुन्छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्काल राजीनामा दिनुपर्ने इन्चार्ज भट्टले बताए । ‘निर्वाचन परिणामलाई सम्मान गर्दै कांग्रेसले तत्काल सरकार छाड्नुपर्छ,’ उनले भने । नयाँ सरकार गठन भएसँगै विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढ्ने भट्टले बताए । दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माण र महाकाली नदीमा पुल बनाउने कुरा आगामी सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेशसभा सदस्य महेशदत्त जोशीले प्रदेश राजधानीको विषयमा प्रदेशसभाले नै निर्णय गर्ने बताए । ‘मेरो विचारमा प्रदेश राजधानीका लागि कैलालीको अत्तरिया नै उपयुक्त हुन्छ,’ जोशीले भने, ‘७ नम्बर प्रदेशलाई आगामी १० वर्षभित्र विकसित प्रदेशका रुपमा विकास गर्ने गरी वाम गठबन्धनले काम गर्नेछ ।’

अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।

महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।  हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो । यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह 

विस्तारै उकालो लाग्दै तापक्रम

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ।  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ।  आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।  

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए :  सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो।  जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

लोकप्रिय