साहित्य र चिकित्सकको बेजोड संगम साहित्य मेला

साहित्य र चिकित्सकको बेजोड संगम साहित्य मेला

काठमाडौं, पुस २ ।
आँखाको भाका बुझेर आउ सुस्तरी सुस्तरी,
मधुर गीत गजल गाउ सुस्तरी सुस्तरी

दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेका छ । गजलमा भनिए झैँ वातावरण एकाग्रमा सुस्तरीसुस्तरी सुस्ताइरहेको छ । लाग्छ दर्शक श्वासको आवाज पनि निकाल्न तयार छैनन् ।

सेतो एप्रोन लगाएर अस्पतालका बहिरङ्ग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक अलग्गै रंगमा भेटिए । जमलस्थित राष्ट्रिय नाचघरको माथिल्लो कक्षमा भेला भएका चिकित्सकका साथमा न त बिरामी थिए, न त त्यहाँ कुनै शिविर चलिरहेको थियो ।

चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा तीन करोड नेपालीको पहुँचमा पु¥याउनुपर्छ, जनताका छोराछोरीले सजिलै सस्ता–सुलभ रुपमा चिकित्सक बन्न पाउनुपर्छ भन्दै १३औँ पटकसम्म अनशन बस्नुभएका प्राडा गोविन्द केसी पनि छुट्टै उत्साहमा उपस्थित थिए ।

उनी मात्र होइन, हातमा सिरिन्ज र चिरफारका बन्दोबस्तीका सामानसहित गंगालालको शल्यकक्षमा हुने डा रामेश्वर कोइराला, डा समीर शर्मा, स्वास्थ्यका भाषालाई जनताले बुझ्नुपर्छ भन्दै सञ्चारमाध्यमबाट वकालत गर्ने डा सुवास प्याकुरेललगायतको चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीलगायत टोली नाचघरमा भेला भएका थिए ।

डा केसीसहितको भेला भनिसकेपछि कतिपयले सोच्न सक्छन डाक्टरसाप फेरि अनशन बस्न त सुरसार कस्दै त छैनन् ।

पक्कै होइन । त्यसरी भेला हुनुको सन्र्दभ थियो, मेडिकल लिट्रेचर मेला २०१७ । उपस्थित चिकित्सक कुनै चिकित्सकीय सेमिनारमा नभएर छुट्टै विधा साहित्यको विधामा आफ्ना अन्तरमुखी प्रतिभा, सिर्जना सुनाउन र सुन्न भेला भएका थिए । सधैँ राजनीतिक दल र मेडिकल माफियालाई गाली गर्दै अनशन बसिरहने डा केसी शनिबार आफ्नै कथा सुनाउन आएका थिए । जहाँ आउँछ विपत्ति त्यहाँ पुग्छन् डा केसी भन्ने उक्ति उनको यात्रा अनुभव सुन्दै गर्दा जो कोहीले सोच्न सक्थे ।

देशका साबिकका ७५ जिल्ला कम्तीमा तेहराई पुगेको भन्दै केसीले उपचार सेवाकै लागि आफूलाई विभिन्न ठाउँमा पुग्दै गर्दा हरेक स्मृति क्यामरा कैद गर्न मन लाग्ने रुचिका बारेमा दर्शकलाई बताए । देशभित्र र बाहिर हाइटी, पास्कितान, भारतलगायतका देशमा विपत्तिका समय पुगेर बिरामीलाई उपचार गर्ने क्रममा लिइएका तस्बीर हेर्दा दर्शकलाई त्यही ठाउँमा पुगेको भान हुन्थ्यो । ती तस्बीर कुनै पेशेवर फोटोग्राफरको भन्दा कम लाग्दैनथे ।

चिकित्सक र सहित्यको सम्मिश्रण कति लोभलाग्दो छ भन्ने बुझ्न जनस्वास्थ्य एक दर्जनभन्दा बढी साहित्य कृति प्रकाशन गरिसकेका प्रजनन तथा बालस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र समीरका लधुकथा सुने पुग्छ । अलिअलि व्यंग्य तर छोटो र थोरै शब्दमा चाहेको सन्देश सजिलै पाठकसम्म पु¥याउन खप्पिस डा समीरले चिकित्कीय पेशाका क्रममा भइरहने गतिविधिलाई लघुकथामा समेटेका छन् ।

साहित्य क्षेत्र अझ मेडिकल साहित्य क्षेत्रमा एउटा छुटाउनै नहुने नाम हो डा समीरका तेस्रो आँखा (२०५३), पोस्टमार्टम (२०६२), विकीरण (२०६३), ईश्वरका कथा (२०६५), अर्जुनदृष्टि (२०६७), अणु र पहाड (२०६९), व्यङ्ग्यम शरणं गन्छामी (२०७०) र एकलव्य दृष्टि (२०७१) लगायत अन्य विधाका कृति पनि प्रकाशित छन् ।

चिकित्सकीय व्यस्तताका बीचबाट सुटुक्क समय निकालेर दुई पुस्तक निकालेका मुटुरोग विशेषज्ञ तथा सर्जन डा रामेश कोइरालाले साहित्य लेखनमा चिकित्सा पेशाः साधक कि बाधक भनेर आफ्ना अनुभव साट्दै गर्दा लाग्यो अस्पताल त साहित्यका लागि कथाको भण्डार पो हो ।

चिकित्सकीय सेवामा आउन पढ्दै गरेका चिकित्सकका विद्यार्थीलाई उन भन्दै थिए, ‘‘बुझ्न र देख्न सकेमा अस्पतालमा जति लेखनका लागि विषयवस्तु र कथा अन्यत्र भेटिन्न, यति हो त्यसलाई हामीले साहित्यमा ढाल्न सक्नुपर्छ ।’’

चिकित्सकहरु पेशेवर लेखकजस्तो हुन सहज नभएको उनको अनुभव थियो । आयोजकमध्यका एक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका एमबिबिएसका विद्यार्थी विषद् दाहालले चिकित्सकले समाउने कलमले बिरामीका मात्र औषधिको नाम मात्र लेख्दैनन्, साहित्यका शब्दलाई कृतिमा उतार्न पनि सक्छन् भन्ने मेलामा सुनाइएका साहित्य सिर्जनाले प्रस्ट पारेको बताए ।

डा सरोज धितालले पनि कला र साहित्यका बारेमा बताइरहँदा चिकित्सकहरु पाठ्यपुस्तकमा मात्र होइन, साहित्य विधामा बेजोड दखलबारे आँकलन गर्न सकिन्थ्यो । साहित्यकार दुर्गममा रहेर त्यहाँको कुरीतिलाई चिर्नसमेत लागिपर्ने परिचारिका राधा पौडेल, सुलोचना मानन्धरका कविताले साहित्यको गहिराइमा पु¥याएको थियो ।

नाचघरका प्रबन्ध निर्देशक राजेश थापाले चिकित्सकको साहित्य सिर्जनाले नयाँ अनुभव भएको भन्दै आगामी दिन चिकित्सकका साहित्य कार्यक्रमका लागि निशुल्क हल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

दिनभर डेक्समा बसेर चिकित्सकका लेख, स्वास्थ्यकै समाचार, बिरामी हुनबाट बचाउने उपायका बताउन शब्दहरुसँग खेल्ने स्वास्थ्यखबर पत्रिकाका डेक्स सम्पादन तथा गजलकार जनक पौड्यालले चिकित्सकका बीचमा आफ्ना गजल गाउँदै गर्दा नौलो अनुभव भएको प्रतिक्रिया दिए ।

मेलाको बिट मार्नुअघि पौड्याल भन्दै थिए—

आँधीबीच एक्लो हुँदा नाउ जिन्दगीको
नदुखेको कस्को छ र घाउ जिन्दगीको
समयले देखाउँछ हिँड्नुपर्ने बाटो
नियती चालिदिन्छ पाउ जिन्दगीको

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

लोकप्रिय