सेक्स र सेयर बजारका ४ चरण

सेक्स र सेयर बजारका ४ चरण

काठमाडौं, असोज २० । म ८/९ वर्षको हुँदाको कुरा । जब भैंसीले राँगो खोज्थ्यो , भैंसीलाई राँगो भएको ठाउँमा लैजाँदा कहिलेकाहीँ दाइसँग भैंसी धपाउँदै म पनि पछिपछि जान्थेँ । सम्भोग (सेक्स) का लागि भैंसी माथि राँगो पहिलोपटक उक्लिसकेपछि केही समय राँगो भैंसीभन्दा अलि टाढै उभिन्थ्यो ।

राँगोले भैंसीको त्यति वास्ता गर्दैन थियो । तर, मलाई भैंसीमाथि राँगो तुरुन्तै पुन उक्लिए हुन्थ्यो भन्ने लाग्थ्यो । राँगो किन तुरुन्तै नउक्लेको होला ? ममा त्यो जिज्ञासा रहिरहन्थ्यो । यो कुरा मलाई पछि थाहा भयो, पुन सम्भोगका लागि आराम र शक्ति सञ्चयको आवश्यकता पर्ने रहेछ ।

रवीन्द्र भट्टराई

सेक्स नगरेका तर उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ ।

जब बजार स्खलित हुन्छ, यो तुरुन्तै उक्लिन सक्दैन । तर, लगानीकर्ताको चाहाना उक्लिहाले हुन्थ्यो भन्ने हुन्छ । बजार माथि चढ्न बजारको शक्ति सञ्चय त्यतिकै आवश्यक छ । यो अवस्थालाई बजारमा शक्ति सञ्चयको चरण पनि भनिन्छ ।

बजारलाई शक्ति प्रदान गर्ने ४ वटा प्रमुख तत्वहरु हुन्छन्– आर्थिक शक्ति, औद्योगिक शक्ति, कम्पनीको शक्ति र मनोवैज्ञानिक शक्ति । जसमा आर्थिक वृद्धि, सरकारी नीति, ब्याज, उद्योगको अवस्था, कम्पनीको नाफा र लगानीकर्ताको मनोवलजस्ता कुरा गर्छन् । यी तत्वले बजारमा शक्ति प्रदान गर्छन् ।

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् ।

जब यी शक्तमा मजबुती आउँदै जान्छ, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जान्छ र, सेयर बजार बढ्न थाल्छ । यी तत्व जति बढी मजबूत हुन्छन्, त्यति नै चाँडो बजार बढ्छ । लामो समयसम्म बढिरहन सक्छ । यो अवस्थामा बजारले उन्मादको साँढेको रुप लिन्छ, जसलाई हामी बुलिस भन्छौं । यस्तो बेला बजार छिटो स्खलित हुनबाट रोकिन्छ ।

शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ ।

शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । त्यसैले भनिन्छि– अर्थतन्त्र मजबुत भए सेयर बजारमा स्थिरता आउँछ, दीर्घकालीन रुपमा बढ्छ नत्र वृद्धि अल्पकालीन हुन्छ ।

बजारको उन्माद र अप्सरा

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । धेरै ऋषिमूनिको ध्यान अप्सराले भंग गरेका कथा हामी पढ्न पाउँछौं । बढ्दो सेयर बजारले पनि काम, क्रोध, लोभ र मोह त्यागेर हिँडेका साधु सन्तको ध्यानलाई भंग गरी सेयर बजार र यसबाट हुने लाभतर्फ आकर्षित गर्छ ।

सम्भोग र बजारको उत्तेजना

सम्भोगमा स्खलित हुनुअघि व्यापक उत्तेजना आउँछ, जतिबेला पुरुषले सबै कुरा विर्सिएको हुन्छ । त्यस्तै खालको उत्तेजना सेयर बजारले पनि प्रस्तुत गर्छ । र, यो अवस्थामा लगानीकर्ताले सबै कुरा विर्सेका हुन्छन् । बुलिस बजार जब आफ्नो उत्तरतर्फको यात्रालाई बिट मार्ने विन्दूको नजिक पुग्दै जान्छ, बजार अरु समयमा भन्दा बढी उत्तेजित हुन्छ ।

आफ्नो गतिलाई तीब्र पार्दै जान्छ । यो समयमा बजार अन्य समयभन्दा बढ्दो दरमा बढेको हुन्छ । यो अवस्थामा बजार अस्वभाविकरुपमा प्रस्तुत हुन्छ । त्यतिबेला बजारसम्बन्धी नकरात्मक सूचना र समाचार पनि निष्प्रभावी बन्न पुग्छन् ।

पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।

नेप्सेका तथ्यांक हेर्ने हो भने जब नेप्से उचाइमा पुग्दै गरेको हुन्छ, त्यहाँ तीब्र वृद्धि देखिन्छ । २०६५ भदौ १५ मा नेप्से ११७५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा नेप्से २३७ अंकले बढेको थियो ।

 ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो ।

यस्तै, २०७२ भदौ ३० गते नेप्से १२०५ अंकको उचाइमा पुग्नु २ महिनाअघि २५५ अंकले बढेको थियो । यस्तै व्यवहार २०५७ सालमा पनि नेप्सेले देखाएको थियो । ०५७ मंसिरमा नेप्से ५४५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा १४० अंकले बढेको थियो । यी तीनै समयमा नेप्सेको २ महिनाको उत्तेजनाको अवस्था उस्तै छ । ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो ।

सम्भोग र बजार प्रबेश

सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । अरुले कमाएका कथाएका कथाहरु सुन्दा बजारमा तुरुन्तै हाम फालिहालूँजस्तो जोश, कताकता डर, कताकता लोभ ।

स्ट्यान्डफोर्ड विश्वविद्यालयका नसा विज्ञान तथा मनो विज्ञान विषेशज्ञ प्राध्यापक ब्रेन कुत्सनले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन्– ‘पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।’

सम्भोग र सेयरका चरण

बिलियन एच मास्टर्स र भर्जिनिया इ जोन्सनले सन् १९६६ मा ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ नामक पुष्तकमा पहिलोपटक सम्भोगका ४ चरणबारे उल्लेख गरेका छन् । जसमा उत्तेजना, प्लाटो, चरम सुख र पूर्वावस्ता पर्छन् ।

सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था पनि हो । यो अवस्थालाई निरन्तरता दिए हामी दोस्रो चरणमा प्रवेश गर्छौं, जसमा अंगहरुको उत्तेजना अझ बढेर जान्छ ।

दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् ।

दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । त्यसपछि पुर्वावस्थामा फर्किने चरणलाई रेजोलुसन भन्ने गरिन्छ, जसमा व्यक्ति सामान्य अवस्थामा फर्किन्छ ।

सेयर बजार पनि बुलिस र बियरिसको एक पूरा चक्रमा यस्तै ४ वटा चरणबाट गुज्रिन्छ । जसलाई शक्ति सञ्चय, बढ्दो चरण, वितरणको चरण र घट्दो चरण भनिन्छ । साभार

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

लोकप्रिय