स्वीडेन र दक्षिण कोरियाबीचको पहिलो हाफ बराबरीमा सकियो
काठमाडौं। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा अहिले स्वीडेन र दक्षिण कोरियाबीचको खेल जारी छ ।
निजहनी नोभगोरोड रंगशालामा बेलुका ५.४५ बजे शुरु भएको स्वीडेन र दक्षिण कोरियाबीचको खेलमा पहिलो हाफ बराबरीमा सकिएको छ ।
११ पटक विश्वकप खेलेको स्वीडेन विश्वकपमा एक पटक उपविजेता बनेको छ । दक्षिण कोरियाले भने अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।
स्वीडेन समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने प्रयासमा रहेको छ भने १० औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया स्वीडेनलाई रोक्ने रणनीतिमा छ ।
अहिलेसम्म स्वीडेन र दक्षिण कोरियाबीच ३ पटक भेट भएको छ । पहिलो पटक सन् १९९६ मा भएको मैत्रीपूर्ण खेलमा स्वीडेनले दक्षिण कोरियालाई २—० गोल अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी सन् २००५ मा भएका मैत्रीपूर्ण दुई खेलमा स्वीडेन र दक्षिण कोरिया १—१ र २—२ को बराबरी गोलमा रोकिएका थिए ।
दक्षिण कोरिया
गोलरक्षक— जो ह्युयोनवो
डिफेन्डर— ली योङ, पार्क जोहो, किम योङवोन, जङ ह्युनसा
मिडफिल्डर – को जाचेओल, कि सुङयुङ, ली जईसुङ,
फवार्ड— सोन हेयुङमिन, किम सिनवोक, ह्वाङ हिचान
स्वीडेन
गोलरक्षकः रोबिन ओल्सेन
डिफेन्डरः मकाइल लुस्टिग, आन्ड्रेस ग्रान्भिस्ट, लुड्विग अगस्टिनसन, पोन्टुस जनसन
मिडफिल्डरः सेबस्टियन लार्सन, अल्बिन एक्डल, इमाइल फोर्सबर्ग, भिक्टोर क्लाएसन
फरवार्डः मार्कस बर्ग, ओला टोइभोनेन
रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी
काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।
राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै
काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।
बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल
काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।