१४ सिडिओ, जनपदका २० र सशस्त्रका १३ डिआइजीको सरुवा

१४ सिडिओ, जनपदका २० र सशस्त्रका १३ डिआइजीको सरुवा

काठमाडौं,फागुन १२ । गृह मन्त्रालयले विभिन्न १४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ३५ जना उपसचिवको काज सरुवा गरेको छ । निर्वाचन घोषणा भइसकेपछि निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने गरी गृहले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि काजमा कर्मचारी राख्ने निकायलाई तत्काल काज फिर्ता गर्न पत्राचार गरिरहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयको निर्देशनलाई लत्याउँदै गृहले १४ जिल्लाका सिडिओसहित ३५ उपसचिवको काज सरुवा गरेको हो ।

गृह मन्त्रालयले काज सरुवा भएका सिडिओसहितका कर्मचारीको विवरण बुधबार मात्रै सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक गरिएको विवरणमा सरुवा गत ९ फागुनका दिन भएको उल्लेख गरिएको छ । सरकारले ९ फागुनमा स्थानीय तहको निर्वाचनको घोषणा गरेको थियो । फागुनमा गृह मन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थी र मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव राजकुमार श्रेष्ठ सँग सिडिओ सरुवाका वारमो जानकारी माग्दा कुनै पनि सिडिओको सरुवा नभएको वताएका थिए तर त्यसको दुई दिन पछि ११ फागुनमा गृह मन्त्रालयले सरुवा भएका सिडिओ सहितका उपसचिवको विवरण सार्वजनिक गरेको हो । यसरी सरुवा सार्वजनिक गर्दा ९ फागुनमा नै सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

हामी सँग सहमति मागिएको छैन : सामान्य प्रवक्ता
निजामती सेवा ऐन अनुसार हरेक मन्त्रलाय र निकायले मातहका कुनै पनि कर्मचारीको काज सरुवा गर्नुपुर्व अनिवार्य रुपमा सामान्य प्रशासन मन्त्रालय सँग सहमति लिनु पर्छ । तर गृह मन्त्रालयले ३५ जना उपसचिवको काज सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालय सँग कुनै सहमति लिएको छैन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले गृहले काज सरुवा गरेको भन्ने आफुले वुधवार मात्रै सुनेको र सामान्य सँग कुनै सहमति नलिएको जानकारी दिए । सरुवा गर्नुपुर्व नै सहमति मागेको भएपनि गृहको सरुवामा सामान्यले खासै अव्जेशन नगर्ने भएपनि सरुवा गर्नुपुर्व सहमति नलिने प्रवृत्ति भने गलत भएको प्रवक्ता न्यौपानले वताए ।
सरुवा हुने सिडिओ

-गृह मन्त्रालयले उपसचिव आसमान तामाङलाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा र तेह्रथुमका मुनका न्यौपानेलाई सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी गृह मन्त्रालयकै शिवराज जोशीलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा र संखुवासभाका खुमकान्त आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा सरुवा गरिएको छ ।

-यसैगरी, गृह मन्त्रालयकै गोमादेवी चेम्जोङलाई भोजपुरको प्रजिअमा, भोजपुरका अर्जुनकुमार शर्मालाई धनुषाको प्रजिअमा तथा मन्त्रालयका सूर्यप्रसाद खत्रीलाई रामेछापको प्रजिअमा सरुवा गरिएको छ । रामेछापका प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा र मन्त्रालयका कमलराज भण्डारीलाई मनाङको प्रजिअमा सरुवा गरिएको छ ।

-यसैगरी, मनाङका प्रजिअ गञ्जबहादुर एमसीलाई बर्दियाको सहायक प्रजिअमा, गृह मन्त्रालयका यदु पौडेललाई प्युठानको प्रजिअमा, प्युठानका जनकराज पन्तलाई बाँकेको सहायक प्रजिअमा, मन्त्रालयका विनोद खड्कालाई रुकुुमको प्रजिअमा, रुकुमका वंशीकुमार आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा, राष्ट्रिय परिचयपत्रका निर्देशक शरद पोख्रेललाई मुगुको प्रजिअमा सरुवा गरिएको छ ।

-यसैगरी गोरखाका सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई डोल्पाको प्रजिअमा, डोल्पाका चेतराज बराललाई राष्ट्रिय परिचयपत्रको कार्यालयमा, मन्त्रालयका उपसचिव जनकराज भट्टलाई डडेल्धुराको प्रजिअमा र डडेल्धुराका उदयबहादुर ठकुरीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, इलाका प्रशासन कार्यालय लहानका तुलसी पौडेललाई बैतडीको प्रजिअमा, बैतडीका किशोरकुमार चौधरीलाई धनुषाको सहायक प्रजिअमा, मन्त्रालयका केशवबहादुर थापालाई बझाङको प्रजिअमा, डोटीका सहायक प्रजिअ शंकरबहादुर विष्टलाई अछामको प्रजिअमा, अछामका कोशलराज शर्मालाई गुल्मीको सहायक प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

-यसैगरी गृह मन्त्रालयले कैलालीका सहायक प्रजिअ हीरालाल चौधरीलाई अध्यागमन कार्यालयमा, बाँकेका सहायक प्रजिअ मोहनराज जोशीलाई कैलालीको सहायक प्रजिअमा, कालिकोटका प्रजिअ कृष्णबहादुर खड्कालाई बा“केको सहायक प्रजिअमा, उपसचिव गिरिधारी सुवेदीलाई कालिकोटको प्रजिअमा सरुवा गरिएको छ ।

-बर्दियाका सहायक प्रजिअ भोजराज श्रेष्ठलाई इलाका प्रशासन कार्यालय दमकमा, धनकुटाका उपक्षेत्रीय प्रशासक कमल विष्टलाई राष्ट्रिय परिचयपत्रको निर्देशकमा धनकुटाका सहायक प्रजिअ सोमप्रसाद भट्टराईलाई इलाका प्रशासन कार्यालय लहानमा, गृह मन्त्रालयका धनप्रसाद शर्मालाई हुम्लाको प्रजिअमा र हुम्लाका कृष्णबहादुर घिमिरेलाई धनकुटाको सहायक प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सरुवा हुने डिआइजी

जनपदतर्फ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखामा, प्रहरी प्रधान कार्यालय विशेष ब्युरोका बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा, क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका पशुपति उपाध्यायलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयका देवेन्द्र सुुवेदीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा तथा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विजयलाल कायस्थलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

यसैगरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका मधुप्रसाद पुडासैनीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरामा, प्रहरी महानिरीक्षकको सचिवालयका माधवप्रसाद जोशीलाई प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका केशरीराज घिमिरेलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ ।

क्षेत्रीय प्रहरी कार्यालय पोखराका कमलसिंह बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका मिङमार लामालाई महानगरीय ट्राफिक महाशाखामा, प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका पंकज श्रेष्ठलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा, क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका माधवप्रसाद नेपाललाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका हेमन्तबहादुर पाललाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा, महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका गोविन्दप्रसाद निरौलालाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयमा, प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाका रोमेन्द्रसिंह देउजालाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठनाका सुदीप आचार्यलाई राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबारमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका गणेश केसीलाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा, अख्तियारका केदारमानसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयमा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयका रमेशकुमार भट्टराईलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । डिआइजी सरुवा गर्दा वरिष्ठ र क्षमतावानलाई पाखा लगाएर कनिष्टहरूलाई बढी महत्वपूर्ण र संवेदनशील क्षेत्रको जिम्मेवारी दिएको भन्दै संगठनभित्र असन्तुष्टि व्यक्त गरिएको छ ।

सशस्त्रतर्फ :
मुक्तिनाथ बाहिनी पोखराका डिआइजी नरेन्द्रबहादुर सिंहलाई रुद्र बाहिनीमा सरुवा गरिएको छ । त्यस्तै, दिवाकर केसीलाई आइजिपीको सचिवालय, जानकीराज भट्टराईलाई बराह बाहिनी, निराकरविक्रम शाहलाई सशस्त्र प्रहरी विद्यालयमा सरुवा गरिएको छ । यस्तै, सुबोध अधिकारीलाई मुक्तिनाथ बाहिनी, खडानन्द चौधरीलाई मद्दती तथा सेवा निर्देशनालय, सुरज श्रेष्ठलाई कार्यविभाग, राजेश श्रेष्ठलाई अन्वेषण तथा विकास निर्देशनालय तथा बाबुराम पाण्डेलाई व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयमा सरुवा गरिएको छ ।

गत महिना बढुवा भएका तीन डिआइजीको पनि पदस्थापन भएको छ । बढुवा भएलगत्तै खड्ग राई वसन्त बानियाँले बाहिनीपति पाएका छन् । उनलाई महेश्वरी बाहिनीमा पदस्थापन गरिएको छ । एक वर्षदेखि उनी सोही बाहिनीमा निमित्त बाहिनीपतिका रूपमा काम गर्दै आएका थिए । त्यस्तै, राईलाई वैद्यनाथ बाहिनीमा पदस्थापन गरिएको छ । मन्दीप श्रेष्ठलाई प्रशिक्षा प्रतिष्ठानमा सरुवा गरिएको छ । केहीलाई लगातार इन्चार्ज दिएपछि डिआइजी रवि थापा क्षेत्रीलाई भने इन्चार्ज दिइएको छैन ।

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

लोकप्रिय