यएईको पाँचौ विकेट पतन, पवनलाई पहिलो सफलता
२४ भदौ, २०७६
काठमाडौंः श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने यूएइले पाँचौ विकेट गुमाएको छ । यूएईले पाँचौ विकेटकारुपमा २४.३ ओभरमा अलिसान सरफुलाई २१ रनमा गुमाएको हो । उनलाई पवन सराफले आउट गर्न सफल भए । यसअघि नेपाललाई सागर ढकालले ३ र कमलसिंह ऐरीले एउटा सफलता दिलाइसकेका छन् । यो समाचार तयार पार्दासम्म यूएईले २५ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए । बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३–३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका? नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ
यूएईलाई पहिलो झड्का, कमललाई सफलता
२४ भदौ, २०७६
लगातार घट्दै सुनको मूल्य
२४ भदौ, २०७६
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
२४ भदौ, २०७६
चक्रपथः बाहिर नैना सुत् भित्र भुइँमा सुत्
२४ भदौ, २०७६
डोरियन आँधीले बहमास तहसनहस
२४ भदौ, २०७६

