छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ
२३ भदौ, २०७६
ओखलढुंगा । छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेल पक्राउ परेका छन्। लुइटेल आइबार साँझ पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। डीएसपी मल्लले अनुसन्धान सुरु भएको जानकारी दिए। लुइटेलले चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए। थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए। उजुरीपछि उनी सम्र्पकमा नरहेको प्रहरीले बताउँदै आएको थियो। उनलाई पटकपटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो। लुइटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कुसरमा मुद्दा दर्ता भएको छ। अन्नपूर्ण पाेष्टबाट
के तपाई यो हल गर्न सक्नुहुन्छ ?
२२ भदौ, २०७६
आइपुगे चिनियाँ विदेशमन्त्री
२२ भदौ, २०७६
कीर्गिस्तानविरुद्ध नेपाल २ गोलले अगाडि
२२ भदौ, २०७६
क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली
२२ भदौ, २०७६

