कोलम्बियाले नेयमारको ब्राजिललाई बराबरीमा रोक्यो
२१ भदौ, २०७६
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता ब्राजिलले नै बनाएको थियो । १९औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ब्राजिलको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा लुइस मुरिएलले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । ३५औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडी बढाए । पहिलो हाफमा पछि परेको ब्राजिललाई दोस्रो हाफमा नेयमारले उद्धार गरेका थिए । ५८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई हारबाट जोगाए । कोपा अमेरिका अघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार यही खेलबाट ब्राजिलियन टोलीमा फर्किएका हुन् । यसैगरी शनिबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकालाई २–१ गोलले पराजित गरेको छ । उरुग्वेको जितमा जर्जियन डे एरेस्केइटाले ४२औं र जोनाथन रोड्र«ीग्वेजले ९०औं मिनेटमा गोल गरे । कोस्टारिकाका सेल्सो बोर्गेसले ४८औं मिनेटमा एक गोल गरेका थिए । अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३–० गोलले हराएको छ ।
तिलिचोमाथि कजिन सारा
२१ भदौ, २०७६
३५ किलो गाँजासहित तीनजना युवक पक्राउ
२१ भदौ, २०७६
नेपाल पहिलो पटक साख परीक्षण गराउँदै
२१ भदौ, २०७६
दसैंअघि गाडी भाडा नबढ्ने
२१ भदौ, २०७६
पाकिस्तानी पूर्वस्टार क्रिकेटर कादिरको निधन
२१ भदौ, २०७६
मिलेसम्म रिलेसन, नभए साइबर अपराध
२१ भदौ, २०७६
अबदेखि बैंकबाट ऋण लिनेलाई नयाँ नियम
२१ भदौ, २०७६
आज – २१ भाद्र २०७६ शनिवारको राशिफल
२१ भदौ, २०७६

