असोज २१ मा दशैं टीका, उत्तम साइत विहान १०ः३५ बजे
२२ भदौ, २०७६
काठमाडौंः हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ । असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको गौतमले बताए । घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमको भनाइ छ । यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।
काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल
२२ भदौ, २०७६
साताको पहिलो दिन सुनको मूल्य घट्यो
२२ भदौ, २०७६
विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं
२२ भदौ, २०७६
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै
२२ भदौ, २०७६

