परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपति अलियभबीच शिष्टाचार भेटवार्ता
२१ असार, २०८०
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र अजरबैजानका राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री साउदले आज अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ। अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका थिए। भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा कार्यक्रममा नेतृत्व गरेर आएका टोलीका प्रमुखहरूसँग भेटवार्ता गरेका छन्। मन्त्री साउद शनिबार नेपाल फर्कने कार्यक्रम छ।
दस वर्षयताकै लामो दिन आज, अत्यधिक गर्मी हुने
२१ असार, २०८०
राष्ट्रियसभा बैठक आज पनि बस्दै
२१ असार, २०८०
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
२१ असार, २०८०
स्थगित भएको कोशी प्रदेश सभाको बैठक आज बस्दै
१५ असार, २०८०
ओमानलाई १४ रनले हराउँदै जिम्बावे विश्वकप नजिक
१५ असार, २०८०