प्रधानमन्त्रीसँग उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले गरे मुलुकको अर्थतन्त्रका विषयमा छलफल
१४ असार, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका छन् । परिसंघ पदाधिकारीहरूले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट गरेका हुन् । भेटमा नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे। उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गरेका छन् । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
आज बकर इद पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा
१४ असार, २०८०
एकै परिवारका ९ जनाको गोली हानी हत्या
१४ असार, २०८०
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
१४ असार, २०८०
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
१३ असार, २०८०