पर्वतको कुस्मामा बस दुर्घटना हुँदा १८ जना घाइते
२२ जेठ, २०८०
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज दिउँसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीले उद्धार गरेर घाइतेलाई पर्वत अस्पताल लगिएको छ । बसमा २३ जना सवार रहेकोमा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रविन पाठकले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
स्पिनर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
२२ जेठ, २०८०
इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा
२२ जेठ, २०८०
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
२२ जेठ, २०८०
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
२१ जेठ, २०८०