गुल्मीमा सम्बन्ध विच्छेदका घटना बढ्दै, तीन वर्षमा एघार सयभन्दा बढी
१८ कात्तिक, २०८२
गुल्मी । गुल्मीमा तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा तीन वर्षमा एघार सय ३६ जनाले सम्वन्ध विच्छेद भएको पाइएको छ । जिल्ला समन्वय समिति गुल्मीको वार्षिक समिक्षामा पालिकाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३८९ जना, २०८०/०८१ मा ३०४ जना र २०८१/०८२ मा ४४३ को सम्बन्ध विच्छेद भएको पाइएको हो । यस जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ४९ जना र २०८१/०८२ मा ३९ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७९/०८० मा ५१ जना, २०८०/०८१ मा ३० जना र २०८१/०८२ मा ५८ जनाको सम्बन्ध विच्छेद भएको छ । कालीगण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५३ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा २१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ । सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा ३३ जना र २०८१/०८२ मा २६ को सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ३५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरुक्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा १२ जना र २०८१/०८२ मा ३४ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ । छत्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ३४ जना र २०८१/०८२ मा ३३ जनाको सम्बन्ध विच्छेद भएको छ । गुल्मीदरबार गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३६ जना, २०८०/०८१ मा ३५ जना र २०८१/०८२ मा ५० जनाको सम्बन्ध विच्छेद भएको छ । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ४७ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । इस्मा गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३१ जना, २०८०/०८१ मा २८ जना र २०८१/०८२ मा ४३ जनाको सम्बन्ध विच्छेद भएको छ । मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २३ जना, २०८०/०८१ मा १७ जना र २०८१/०८२ मा २६ जनाको सम्बन्ध विच्छेद भएको छ । मदाने गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २१ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा ३१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पश्चिमी वायुको प्रभाव कायमै: कस्ताे रहला आजकाे माैसम ?
१८ कात्तिक, २०८२
आज कुन विदेशी मुद्राकाे खरिद बिक्री दर कति ?
१८ कात्तिक, २०८२
अकबरे खोर्सानीको मूल्य नपाउँदा धनकुटाका किसान मारमा
१८ कात्तिक, २०८२
ताप्लेजुङमा वर्षाले धानमा क्षति, नगदेबालीमा फाइदा
१८ कात्तिक, २०८२
माओवादी सचिवालय बैठक आज पनि बस्दै
१७ कात्तिक, २०८२
गएराति अछामको साँफेबगरमा भीषण आगलागी, १० वटा पसल जले
१७ कात्तिक, २०८२
पहिराेका कारण बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन
१७ कात्तिक, २०८२
देशमा वैशाखयता चार हजार ६०० विपद्जन्य घटना
१७ कात्तिक, २०८२
आफ्नै छाेराद्वार गुल्मीमा बुबाको हत्या, आमा घाइते
१७ कात्तिक, २०८२
सुनसरीमा नर्सरीबाट वार्षिक ४० लाख आम्दानी
१७ कात्तिक, २०८२
समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह
१७ कात्तिक, २०८२
हिमाल आरोहणबाट प्राप्त राजस्व तेब्बरभन्दा बढी वृद्धि
१७ कात्तिक, २०८२

