माओवादीद्वारा नर्सहरूको आन्दोलनप्रति समर्थन, माग सम्बोधन गर्न सरकारलाई प्रचण्डकाे अनुराेध
१३ कात्तिक, २०८२
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका नर्सहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नु भएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सानाे वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले नर्सहरूले भोगिरहेका तलब–पारिश्रमिकको असमानता, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव र कार्यस्थलमा असुरक्षाजस्ता समस्याहरूलाई गम्भीर विषयका रूपमा औंल्याउनु भएकाे छ । प्रचण्डले तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता र स्टाफको अभावका कारण बढेको कार्यदबाबले नर्सहरू निराश भइरहेका बेला सरकारले जिम्मेवार ढंगले पहल गर्नुपर्ने बताउनु भएकाे छ । “नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन,” प्रचण्डले भन्नुभएकाे छ । प्रचण्डले स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रूपमा रहेका नर्सहरूको पेशागत अधिकार र न्यायोचित माग पूरा गर्न सरकारलाई आग्रह गर्दै सबै पक्षले संवाद र सहकार्यको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभएकाे छ । प्रचण्डको भनाइअनुसार, नर्सहरूको सशक्तिकरण र सुरक्षाको प्रत्याभूति हुन सके मात्र जनताको स्वास्थ्य अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छ ।
ढिलो नगरी पार्टी एकता गर्न माधव सापकोटाको विप्लवलाई आह्वान
१३ कात्तिक, २०८२
कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजार पर्यटक
१३ कात्तिक, २०८२
फेरि बढ्यो अन्डाको मूल्य
१३ कात्तिक, २०८२
तीन महिनामा बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
१३ कात्तिक, २०८२
गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना
१३ कात्तिक, २०८२
आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ हुने
१३ कात्तिक, २०८२
आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय संवाद
१३ कात्तिक, २०८२
पाल्पामा धान भित्र्याउने बेला वर्षाले समस्या
१३ कात्तिक, २०८२
आज विश्व पक्षाघात दिवस मनाइँदै
१३ कात्तिक, २०८२
निर्माण सकिएको डेढ वर्षपछि पर्वतकाे कुश्मा बसपार्क सञ्चालन
१३ कात्तिक, २०८२
भाेजपुर र संखुवासभाकाे अरुण नदीको सतिघाटमा फेरी सञ्चालन
१२ कात्तिक, २०८२
कुलेखानीमा विषादी मिसिएको पानीले माछा उत्पादन घट्याे
१२ कात्तिक, २०८२
जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित
१० कात्तिक, २०८२
बक्यौताका भुक्तानी नगर्ने पच्चिस उद्योगको विद्युत् काटियो
१० कात्तिक, २०८२
कुटपिटबाट कास्कीमा एककाे मृत्यु
९ कात्तिक, २०८२
आज महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
४ कात्तिक, २०८२

