विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ
२३ साउन, २०८२
तनहुँ । विश्व बैंकको अनुदानमा तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकामा सञ्चालित दुई सडक स्तरोन्नति आयोजनामा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सञ्चालित यी आयोजनाको निर्माण कार्यमा अपेक्षित प्रगति हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको थियो । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ सडकखण्डको स्तरोन्नति भइरहेको छ । दुवै सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्ने सम्झौता भएको छ । व्यास नगरपालिकाका वडा नं ७, ९, १० र ११ लाई जोड्ने चक्रपथको रूपमा रहेको पराशर मार्गको १०.५५ किलोमिटर खण्ड कालोपत्र गर्ने कार्य भइरहेको छ । यो सडकखण्ड बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती हुँदै जोडिन्छ । हालसम्म यस आयोजनाको भौतिक प्रगति १८.२९ प्रतिशत मात्र रहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयसीमा (पुस २०८२) भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । आयोजना विसं २०८२ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा प्रगति सुस्त भएपछि छ महिना म्याद थप गरिएको नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा. राजु पौडेलले जानकारी दिए । यो सडक स्तरोन्नतिका लागि बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग रु. ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ७.१ किलोमिटर लामो यो सडकखण्ड कालोपत्रका लागि विसं २०८० चैत २५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ठेक्का रकम रु. २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । अबको ६१ दिनमा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । यो सडकखण्ड शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु भई वडा नं ८, ९ र १२ लाई जोड्छ । बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।
उदयपुरमा ९ किलो गाँजासहित एकजना पक्राउ
२३ साउन, २०८२
विभिन्न ठाउँमा सडक अवरुद्द
२३ साउन, २०८२
झापाका चिया बगानमा मजदुर हड्ताल
२३ साउन, २०८२
तनहुँ कारागारमा छालाजन्य रोगको सङ्क्रमण फैलियो
२३ साउन, २०८२
हेवा खोलामा तेस्रो पटक बेलिब्रिज जडान हुँदै
२३ साउन, २०८२
मनाङ प्रदेशसभा ‘ख’को उपनिर्वाचन अनिश्चित
२२ साउन, २०८२
उदयपुरमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु
२२ साउन, २०८२
दाउन्नेको यात्रा केही सहज, एकतर्फी गाडी सञ्चालन
२२ साउन, २०८२
कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ
२२ साउन, २०८२
डडेल्धुरामा अढाई करोड खर्चेर बनाइएको भवन अलपत्र
२२ साउन, २०८२
जङ्गली हात्तीको बस्ती प्रवेशले कञ्चनपुरमा त्रास
२२ साउन, २०८२
सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
२२ साउन, २०८२

