एभरेष्ट दैनिक

दक्षिण कोरियामा सन् २०२५ का लागि पाँचहजार बढी नेपाली श्रमिक माग

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ५,३०० नेपाली श्रमिक लैजान आवेदन माग गरेको छ ।  दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो संख्यामा कोटा निर्धारण गरेको हो । वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार, साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको अभाव भएकाले कुल पाँच हजार तीनसय, मध्ये तीन हजार पाँचसय उत्पादनमूलक क्षेत्रमा  र एक हजार आठसय कृषि तथा पशुपालन क्षेत्रका लागि लिइनेछ । आवेदन साउन २६ देखि ३१ गतेसम्म दिन सकिनेछ । इपिएस शाखाले हाललाई पाँचहजार तीनसय कोटा तोकिएको भए पनि कोरियाली रोजगारदाताको मागअनुसार उत्तीर्ण हुनेको संख्या थपघट हुन सक्ने जनाएको छ ।