आजकाे माैसम: आज यी प्रदेशमा वर्षा
२३ असोज, २०८२
काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज विश्व हुलाक दिवस, नेपाल पनि मनाइँदै
२३ असोज, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर ताेकियाे
२३ असोज, २०८२
जेनजी आन्दोलनका ३० घाइतेकाे उपचार जारी
२३ असोज, २०८२
अलैँचीको मूल्य प्रतिमन १० हजारले घट्यो
२२ असोज, २०८२
तनहुँकाे छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण
२२ असोज, २०८२
व्यावसायिक मौरीपालनमा भाेजपुरका किसान आकर्षित
२२ असोज, २०८२
सुनसरीमा वर्षा र हुण्डरीले केराखेतीमा क्षति
२२ असोज, २०८२
भोलि र पर्सि सडकमा जाने योजना छैन: जेनजी
२१ असोज, २०८२
कर्णाली प्रदेशमा विपन्नलाई आवास
२१ असोज, २०८२

