एभरेष्ट दैनिक

कांग्रेस एमाले गठबन्धन सरकारको कुशासनको शिकार देश बन्दा, जले  माओवादी नेतृत्वका घर र पार्टी कार्यालय (प्राप्त विवरणसहित)

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले चालेका कुशासनकाे विपक्षमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) थियाे । माओवादी गठबन्धन  सरकारकाे कुशासनकाे अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै पनि आएकाे थियाे । तर, जेनजी आन्दाेलनमा घुसपैठ गराएर  माओवादी केन्द्रका पार्टी कार्यालय र नेताहरूका घर खरानी बनाइएकाे छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल माओवादी केन्द्रका नेताहरू जेन-जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन् । कार्यालय र घर खरानी बनाइएकाे छ । हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । विवरण हेर्नुस् १. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।  २. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।  ३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त । ४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।  ५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।  ६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट । ७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।  ८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट । ९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।  १०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।  ११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।  १२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।  १३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।  १४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।  १५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त । १६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी । १७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट । १८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट । १९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त । २०. नेकपा माओवादी केन्द्र उदयपुरकाे जिल्ला पार्टी कार्यालय पनि पुरै ध्वस्त । २१. डडेल्धुरा पार्टी कार्यालय आगजनीले ध्वस्त ।  बाँकी थप क्षतिको विवरण संकलन हुँदै छ ।  फाेटाे जलेकाे सबै   माओवादी केन्द्रका पार्टी कार्यालय