आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
२६ भदौ, २०८२
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थान वरिपरि र पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरमा अवस्थित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, मधेशसँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
अनधिकृत हातहतियार बुझाउन सेनाको आग्रह
२५ भदौ, २०८२

