धनकुटाबाट ८ करोड ५० लाखको अलैंची निकासी
१८ भदौ, २०८२
धनकुटा । आर्थिक वर्ष २०८१/८२ मा धनकुटाबाट करिब ८ करोड ५० लाख रुपैयाँ बराबरको अलैंची निकासी भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिक टन अलैंची उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३४.८ मेट्रिक टन अलैंची उत्पादन भई करिब ७ करोड ४६ लाख रुपैयाँको निकासी भएको थियो । यस वर्ष उत्पादन ५.२ मेट्रिक टनले बढ्दा निर्यात मूल्य करिब एक करोड ४ लाख रुपैयाँले वृद्धि भएको केन्द्रका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिए । गत वर्ष अलैंची प्रतिमन ७५ हजारदेखि ९५ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । केही वर्षयता रोग–कीराको प्रकोप र मूल्यमा गिरावटका कारण किसान निराश बने पनि पछिल्लो मूल्यवृद्धिले राहत दिएको केन्द्रले जनाएको छ । बगान व्यवस्थापन सुधारका लागि केन्द्रले किसानलाई उचाइअनुसार उपयुक्त जात छनोट, नर्सरी स्थापना, सिँचाइ, मल्चिङ, जैविक मलको सन्तुलित प्रयोग, छायाँ व्यवस्थापन तथा रोग–कीरा नियन्त्रणमा प्राविधिक सहयोग गर्दै आएको छ । धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, साँगुरीगढी र छथर जोरपाटी गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती हुँदै आएको छ ।
महाकाली नदीमा पानीको बहाव घट्दो
१७ भदौ, २०८२
पक्की पुल बगाएपछि तीन दिनदेखि सडक अवरुद्ध
१७ भदौ, २०८२
मौसम पूर्वानुमान: आज कस्ताे रहला मौसम ?
१७ भदौ, २०८२
दस वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागू
१७ भदौ, २०८२
कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढ्यो
१६ भदौ, २०८२

