रुकुम पश्चिम कारागारमा क्षमताभन्दाबढी कैदीबन्दी
१० भदौ, २०८२
रुकुमपश्चिम । रुकुमपश्चिममा रहेको जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी छन् । भौतिक पूर्वाधार अभावमा क्षमता अनुकूलको व्यवस्थापन नहुँदा कैदीबन्दीलाई आधारभूत आवश्यकता उपयोगमा समस्या भइरहेको छ । रुकुम कारागारमा क्षमताका हिसाबले २५ जनाको छ । २० पुरुष र पाँच महिलाको क्षमता रहेको यस कारागारमा अहिले १५४ जना कैदीबन्दी कोचिनु परेको छ । कारागारको भौतिक संरचनाले भने १४५ पुरुष, आठ महिला र एक नाबालक गरी १५४ जनाको भार थेगिरहेको छ । कारागार कार्यालयका प्रमुख केशव ओलीका अनुसार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनसँगै सुरक्षाको समेत चुनौती देखिन्छ । बाहिरी सुरक्षाव्यवस्था बलियो पारिए पनि क्षमताभन्दा बढी कैदीको आन्तरिक व्यवस्थापनमा कारागार कार्यालयलाई समस्या परिरहेको छ । कैदीलाई सुत्न ठाउँको अभाव छ । उनीहरू कुनै कोठामा पालोपालो गरेर त कुनै कोठामा लस्करै लाइन लागेर सुत्ने गरेका छन् । कोल्टे फेर्नसमेत नमिल्ने गरी कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कार्यालय प्रमुख ओलीले शौचालयको प्रयोग, खेलमैदान र खेल सामाग्रीको पनि समस्या रहेको जनाउनुभयो । यसअघि खानेपानीको समेत समस्या भइरहेको यस कारागारमा हाल खानेपानीको समस्या भने हटेको छ । कैदीबन्दीलाई सिपमूलक काम गर्न, तालिम सञ्चालन गर्न र खेल्नका लागि ठाउँ छैन । २०४२ सालमा निर्माण गरिएको कारागारका दुई वटा, छकोठे भवन अहिले जीर्ण बनेका छन् । जीर्ण भौतिक संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्नुपर्दा चुनौती बढेको कारागार प्रशासनले जनाएको छ । कारागार अहिले दुई जिल्लाका लागि प्रयोग हुने गरेको छ । रुकुमपूर्वमा कारागार स्थापना नहुँदा मुसीकोटस्थित यो कारागार दुवै जिल्लाका लागि प्रयोग हुँदै आएको छ । २०७४ असोज १९ बाट विधिवत् रूपमा छुट्टै जिल्लाका रूपमा काम सुरु गरेको रुकुमपूर्वमा हालसम्म जिल्ला कारागार सञ्चालन भएको छैन । कारागार कार्यालयले अब भने मुसीकोटमा नयाँ कारागार भवन निर्माण प्रव्रिmया सुरु भएको जनाएको छ । आवश्यक बजेट व्यवस्थापन भएपछि भवनका लागि जग्गा छनोट, डिपिआरलगायतका काम भइरहेको कारागार प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन अत्याधुनिक बन्ने छ ।
झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत
१० भदौ, २०८२
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
१० भदौ, २०८२
हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु
१० भदौ, २०८२
वीरगन्जमा ९३ जनामा देखियो हैजा
१० भदौ, २०८२
सप्तरीमा एक हप्तामा आठ जनाको शव फेला
९ भदौ, २०८२
बर्दियामा चिनियाँ विद्युतीय चुरोट बरामद
९ भदौ, २०८२
सप्तरीका एक युवककाे मलेसियामा मृत्यु
९ भदौ, २०८२
जङ्गली जनावरको व्यावसायिक पालन
९ भदौ, २०८२

