प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची
५ भदौ, २०८२
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार बैठकमा निम्न कार्यसूची छन्: अर्थ समितिका सभापति सन्तोष चालिसेले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'औद्योगिक सम्पत्ति विधेयक, २०८२' लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभाबाट उत्पत्ति भएको 'पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१' लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् ।
ताप्लेजुङको आगलागी हुँदा २४ लाखको क्षति
४ भदौ, २०८२

