बाँकेमा महिलाद्वारा सञ्चालित सहकारीद्वारा १८ करोडभन्दा बढीको खसीबोका बिक्री
४ भदौ, २०८२
बाँके । बाँकेका विभिन्न स्थानमा सञ्चालित १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ५४ लाख ९१ हजार २९१ रुपियाँ बराबरका खसीबोका बिक्री गरेका छन् । यी सहकारीले एक वर्षमा १० हजार ९७३ वटा खसीबोका (कुल ३ लाख ६८ हजार ९४५ किलोग्राम) बेचेर उक्त रकम आर्जन गरेका हुन् । सबैभन्दा बढी राप्ती सोनारी–७, पिप्रहवास्थित रोशनी सामाजिक उद्यमी महिला सहकारीले ३ करोड ९१ लाख रुपियाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ । व्यवस्थापक नसरुदिन शेषका अनुसार संस्थाले २ हजार ०७१ वटा खसीबोका (७४,५५६ किलोग्राम) बजारमा पुर्‍याएको छ । त्यस्तै, राप्ती सोनारी–७, लालपुरको परिवर्तन सहकारीले २ करोड ६२ लाख रुपियाँ बराबरका १ हजार ५४१ वटा खसीबोका, राप्ती सोनारी–६, टेपरीको नयाँ सिर्जनशील सहकारीले १ करोड ९० लाख रुपियाँ बराबरका १ हजार ०१९ वटा खसीबोका र बैजनाथ–८, टिटहरियाको दीपलगन सहकारीले १ करोड ६७ लाख रुपियाँ बराबरका ८५० वटा खसीबोका बिक्री गरेका छन् । यस्तै, राप्ती सोनारी–२, खोरियास्थित जननी सहकारीले १ करोड ३९ लाख रुपियाँ बराबरका ८७० वटा खसीबोका बेचेको छ । अन्य सहकारीको बिक्री विवरणमा कुसुम सहकारी १ करोड २८ लाख, सुनकोशी सहकारी (धामपुर) १ करोड ६ लाख सङ्घर्षशील सहकारी (राप्ती सोनारी–९, ढकेरी): ९८ लाख सँगिनी सहकारी ९३ लाख, कोहलपुर सहकारी ७२ लाख, उपहार सहकारी ७७ लाख, अप्सरा सहकारी ४७ लाख, बैजापुर सहकारी ३४ लाख, बैजनाथ–४, एकासी नगरस्थित सहकारी २४ लाख र सशक्तीकरण सहकारी २२ लाख रहेकाे छ । पछिल्लो समय बाँकेमा महिला किसान बाख्रापालनप्रति आकर्षित छन् । सहकारीमार्फत गठित समूहले खसीबोका उपलब्ध गराउने र ऋण सुविधा प्रदान गर्ने भएकाले यो व्यवसायमा उनीहरूको संलग्नता बढेको हो । विशेषगरी राप्ती सोनारी गाउँपालिकाका किसान प्रशस्त जङ्गल क्षेत्रका कारण बाख्रापालनमा सक्रिय छन्, जसले पशुपालनलाई सहज बनाएको छ । सहकारीमार्फत खसीबोका उत्पादन र बिक्रीले धेरै महिला किसान आत्मनिर्भर बन्दै गएका छन् ।
कोरिया जान एक लाख तीन हजार आवेदन
४ भदौ, २०८२
सप्तरीमा डुबेर वृद्धको मृत्यु
२ भदौ, २०८२
देशभर ८० हजार हेक्टर खेत बाँझै
२ भदौ, २०८२
उदयपुरमा मागअनुसारको रासायनिक मल नआउँदा अभाव
३१ साउन, २०८२

