हुम्लामा प्रहरी चौकी नाम एक ठाउँमा, कार्यालय अर्कै ठाउँमा
२३ भदौ, २०८२
हुम्ला । जिल्लाभित्रका धेरै प्रहरी चौकी नाम एक स्थानमा भए पनि वास्तविक कार्यालय भने अर्कै स्थानमा सञ्चालनमा रहेका छ । प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार पाँचवटा प्रहरी चौकीमा यस्ता समस्या देखिएका छन् । साबिक गाउँ विकास समितिका नाममा स्थापना भएका चौकीहरूको नाम र हाल सञ्चालन भइरहेको कार्यालयको स्थान मिलाउनतर्फ पहल नहुँदा यो अवस्था आएको हो । २०३३ सालमा स्थापना भएको मेल्छाम प्रहरी चौकी अहिले चङ्खेली गाउँपालिका–४ पिप्लाङमा सञ्चालनमा छ । त्यस्तै, २०४७ सालमा स्थापना भएको ठेहे प्रहरी चौकी हाल सिमकोट गाउँपालिका–१ कुम्लिक जिउला ग्याग्रुमा छ, जबकि यसको नाम ठेहेकै नाममा रहँदै आएको छ । यस्तै, २०४९ सालमा स्थापना भएको श्रीनगर प्रहरी चौकी गल्फागाडमा सञ्चालनमा छ, जुन श्रीनगरबाट करिब तीन घण्टा टाढा पर्छ । विपरीत रूपमा, २०७६ सालमा स्थापना गरिएको गल्फागाड प्रहरी चौकी भने श्रीनगरमा सञ्चालनमा रहेको छ । डीएसपी पोखरेलले प्रहरी चौकीहरूलाई वास्तविक कार्यालय रहेको स्थानअनुसार नामाकरण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
कोशीमा ३४ झोलुंगे पुल प्रयोगविहीन
२२ भदौ, २०८२
बैतडीमा एक किशोरी नदी किनारामा मृत फेला
२२ भदौ, २०८२
सुनचाँदीको मूल्यमा आज कति बढ्याे ?
२२ भदौ, २०८२
जिपको ठक्करबाट म्याग्दीमा बालकको मृत्यु
२२ भदौ, २०८२
निफ्राको ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव
२२ भदौ, २०८२
भदाै अन्तिमदेखि सहुलियत पसल सञ्चालन हुने
१८ भदौ, २०८२

