रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ
३ बैशाख, २०८१
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका ९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका ८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका ३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् । पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते
३ बैशाख, २०८१
वान एक्स बेटिङ कारोबारमा संलग्न तीन जना पक्राउ
३ बैशाख, २०८१
नेपालको सहज जितः हङकङ आठ विकेटले पराजित
३ बैशाख, २०८१
हङकङद्धारा नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत
३ बैशाख, २०८१
हङकङको आठौं विकेट पनि अविनाश बोहोराको नाममा
३ बैशाख, २०८१
हङकङको तेस्रो विकेट पनि रनआउट
३ बैशाख, २०८१
नेपाललाई दोस्रो सफलता
३ बैशाख, २०८१
नेपाललाई पहिलो सफलता
३ बैशाख, २०८१
जसपा महाधिवेशनको कार्यतालिका सार्वजनिक
३ बैशाख, २०८१
नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्दै
३ बैशाख, २०८१
आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
३ बैशाख, २०८१
सुनचाँदीको मूल्य बढ्यो
३ बैशाख, २०८१
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
३ बैशाख, २०८१

