जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
९ बैशाख, २०८१
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका ६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस्तै, कैलालीको गोदावरी नगरपालिका १ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता
९ बैशाख, २०८१
ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दायर
९ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
९ बैशाख, २०८१
लागूऔषधसहित तीन जना पक्राउ
९ बैशाख, २०८१
मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा
९ बैशाख, २०८१
६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम
९ बैशाख, २०८१
गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले
९ बैशाख, २०८१
रेशम चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ आज
९ बैशाख, २०८१
सहकारी छानबिन आयोग भरपर्दो छैनः डा. आरजु देउवा
८ बैशाख, २०८१
वर्तमान सत्ता गठबन्धन माघसम्मः गगन थापा
८ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
८ बैशाख, २०८१
बुवाको हत्या गरेको अभियोगमा पक्राउ
८ बैशाख, २०८१
सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै
८ बैशाख, २०८१

