रेशम चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ आज
९ बैशाख, २०८१
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ । यस अघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएपनि बहस भएको थिएन। आज पनि बहस हुने वा नहुने भन्ने अनिश्चित छ । यस अघि तीन पटक सम्म चढेको पेशीमा एक पटक मात्रै बहस भएको छ। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन । आयोगको निर्णयमा भनिएको छ, “अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने ।” निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका हुन् । नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा आफु पक्षको बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएपनि त्यही बैठकमा रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।
सहकारी छानबिन आयोग भरपर्दो छैनः डा. आरजु देउवा
८ बैशाख, २०८१
वर्तमान सत्ता गठबन्धन माघसम्मः गगन थापा
८ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
८ बैशाख, २०८१
बुवाको हत्या गरेको अभियोगमा पक्राउ
८ बैशाख, २०८१
सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै
८ बैशाख, २०८१
म कसैको दाश बन्ने व्यक्ति होइनः माधव नेपाल
८ बैशाख, २०८१
६ नेपालीले मलेसिया सुपर वुमन्स कप खेल्ने
८ बैशाख, २०८१
तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता
८ बैशाख, २०८१
नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने
७ बैशाख, २०८१
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
७ बैशाख, २०८१
अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ
७ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
७ बैशाख, २०८१