ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार
९ बैशाख, २०८१
काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो । करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।
रेशमको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा
९ बैशाख, २०८१
दोहोरो अंक बढ्यो सेयर बजार
९ बैशाख, २०८१
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
९ बैशाख, २०८१
विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता
९ बैशाख, २०८१
ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दायर
९ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
९ बैशाख, २०८१
लागूऔषधसहित तीन जना पक्राउ
९ बैशाख, २०८१
मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा
९ बैशाख, २०८१
६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम
९ बैशाख, २०८१
गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले
९ बैशाख, २०८१