इलाममा ओलीः एउटा बाटो नबनाउनेले देश बनाउँछु भन्ने ?
१२ बैशाख, २०८१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा काम नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् । निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै उनले बाटो किन नबनेको भन्दै प्रश्न गरे । १५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम–२ चुलाचुलीमा आज गरिएको चुनावी सभामा ओलीले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’ ओलीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने दावी गरे । फरक प्रसङ्गमा उनले चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको बताए । ओलीले भने, ‘उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्छु भनेर ।’ चुनावको समयमा जातीय कुरा नगर्न ओलीले कार्यकर्तालाई निर्देशन पनि दिए ।
बागमती प्रदेशमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
१२ बैशाख, २०८१
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी
१२ बैशाख, २०८१
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१२ बैशाख, २०८१
भरूवा बन्दुक बरामद
१२ बैशाख, २०८१
एमाले चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक
१२ बैशाख, २०८१
नेप्सेमा सामान्य सुधार
१२ बैशाख, २०८१
वेस्ट इन्डिज ए क्रिकेट टोली आइपुग्यो नेपाल
१२ बैशाख, २०८१
भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा
१२ बैशाख, २०८१
नेपाल र कतारबीच ६ वटा समझदारीमा हस्ताक्षर
१२ बैशाख, २०८१
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो
१२ बैशाख, २०८१
जीपसँग ठोक्किदा मोटरसाइकलमा सवार तीनको मृत्यु
१२ बैशाख, २०८१
चौंथो हिमालयन हाइड्रो एक्स्पो काठमाडौंमा शुरु
१२ बैशाख, २०८१
राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता
११ बैशाख, २०८१
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
११ बैशाख, २०८१
कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया
११ बैशाख, २०८१