सांसदको शपथ लिए सुहाङले
२६ बैशाख, २०८१
काठमाडौं । उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पद तथा गोपनियताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो पनि लगाइदिएका छन्। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन र नियमका सामग्री प्रदान गरेका छन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो । सुहाङ नेम्वाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन् । इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनी एमालेकै तर्फबाट निर्वाचित भएका हुन्। चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका हुन्।
सबै शिक्षकको काज फिर्ता गरिने
२६ बैशाख, २०८१
प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह हस्पिटलमा छुट
२४ बैशाख, २०८१
कतार एयरवेजको जहाजमा धुवाँ देखियो
२४ बैशाख, २०८१
पार्टी फुटेपछि बल्ल मन्त्रिको जिम्मेवारी लिए अहिरले
२४ बैशाख, २०८१
सहकारीका कर्मचारीबाट ८० लाख लुटपाट
२४ बैशाख, २०८१
मानव बेचबिखनको आरोपी गाउँपालिका अध्यक्ष रिहा
२४ बैशाख, २०८१
कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल
२४ बैशाख, २०८१
गोंगबुको होटलमा महिलाको शव फेला
२४ बैशाख, २०८१
माधव नेपालले संसदीय दलको बैठक बोलाए
२४ बैशाख, २०८१
पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै
२४ बैशाख, २०८१
अन्तिम खेलमा ६ विकेटले नेपाल विजयी
२२ बैशाख, २०८१
६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु
२२ बैशाख, २०८१
वेस्ट इन्डिजले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
२२ बैशाख, २०८१
पश्चिमी वायु सक्रीय हुँदा देशभर घट्यो गर्मी
२२ बैशाख, २०८१
कोरोला–त्रिवेणी सडक कालोपत्र गरिँदै
२२ बैशाख, २०८१
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
२१ बैशाख, २०८१

