एभरेष्ट दैनिक

रास्वपाका सांसदहरु नेपाली टीमको जर्सी लगाएर संसदमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि भन्दै संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर सहभागी भएका छन् ।  नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले बताएका छन् ।   रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा संसदमा पुगेका थिए ।  नेपालले आईसीसी टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिएका छन् ।