भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने पक्राउ
१७ जेठ, २०८१
काठमाडौं । सामाजिक सञ्जालमा साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप प्रहरीले लगाएको छ । अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै धम्याउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल
१७ जेठ, २०८१
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
१७ जेठ, २०८१
सन्दीप लामिछाने आजै अमेरिका उड्ने सम्भावना
१७ जेठ, २०८१
गृहमन्त्री विरुद्ध रिटको सुनुवाइ स्थगित
१६ जेठ, २०८१
२ जनाको ज्यान लिएको नरभक्षी बाघ मर्यो
७ जेठ, २०८१
बेलायतमा राजाभन्दा प्रधानमन्त्री धनी
६ जेठ, २०८१