अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु
१६ जेठ, २०८१
रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अत्यन्त प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन सुरु गरेका छन् । रौतहटमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि जिल्लाको गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिका प्रमुख शम्भू साहले बताए । उनले ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।
गृहमन्त्री विरुद्ध रिटको सुनुवाइ स्थगित
१६ जेठ, २०८१
२ जनाको ज्यान लिएको नरभक्षी बाघ मर्यो
७ जेठ, २०८१
बेलायतमा राजाभन्दा प्रधानमन्त्री धनी
६ जेठ, २०८१
प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु
६ जेठ, २०८१
नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु
१ जेठ, २०८१
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल
१ जेठ, २०८१
बैंकहरूको व्याजदर जेठका लागि अझै घट्यो
३१ बैशाख, २०८१

