अन्तिम खेलमा ६ विकेटले नेपाल विजयी
२२ बैशाख, २०८१
काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले जितेको छ । नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि वेष्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७ बल बाँकी हुदा पुरा गर्न सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि अनिल साह र आसिफ सेखले अर्धशतक हाने । अनिलले ४५ बलमा ५८ रन तथा आसिफले ३५ बलमा ५१ रन बनाए । यस्तै, कुशल मल्लले अविजित ३७ रन, कुशल भुर्तेलले १३ रन जोडे भने दिपेन्द्रसिंह ऐरीले ५ रन जोड्दा कप्तान रोहित पौडेल शुन्य रनमा नै अविजित रहे । त्यसअघि वेष्ट इन्डिजका एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे। नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्च गरे । अविनास बोहोराले एक विकेट लिए । आजको नतिजा सँगै सिरिजलाई नेपालले नेपाल ३–२ बनाएको छ । पहिलो खेलमा चार विकेटको जित निकालेको नेपाल त्यसपछिका खेलमा लगातार हार बेहोर्दै आएको थियो ।शृङ्खलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल हो । नेपाली टोली आजको खेल पछि विश्वकपका लागि वेष्ट इन्डिज प्रस्थान गर्नेछ ।
६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु
२२ बैशाख, २०८१
वेस्ट इन्डिजले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
२२ बैशाख, २०८१
पश्चिमी वायु सक्रीय हुँदा देशभर घट्यो गर्मी
२२ बैशाख, २०८१
कोरोला–त्रिवेणी सडक कालोपत्र गरिँदै
२२ बैशाख, २०८१
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
२१ बैशाख, २०८१
रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचनको समीक्षा हुने
२१ बैशाख, २०८१
यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा
२१ बैशाख, २०८१
चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेष्ट इन्डिजलाई
२० बैशाख, २०८१
पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन
२० बैशाख, २०८१
६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपाल संकटमा, गयो ३ विकेट
२० बैशाख, २०८१
भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा नष्ट
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व खाता नखोल्दै आशिफ आउट
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २१० रनको चुनौति
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २२८ रनको चुनौति
१९ बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालको कमजोर फिल्डिङ
१९ बैशाख, २०८१
हरिसिद्धीमा गहुँ काट्दै विप्लव
१९ बैशाख, २०८१
दीपेन्द्रको कप्तानीमा नेपाल, टस हारेर फिल्डिङ गर्दै
१९ बैशाख, २०८१