एभरेष्ट दैनिक

नेप्सेमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार सामान्य अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा पुगेको छ ।  बुधबार ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।