भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा

भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा

गोरखा । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।

त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी  (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जितेका छन् । प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् । प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए । प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए ।

आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम (आइपिडिएफ) र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ । दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो । नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ । कार्यक्रमलाई सम्वोधन गर्दै बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले इतिहास देखि चल्दै आएको नेपाल र चीन बीचको दौत्य सम्वन्धलाई नयाँ स्वरुपबाट परिभाषित गरी सहकार्यको यात्रा अगाडि बढाउनु पर्ने बिचार व्यक्त गरेका थिए।  बागमती  प्रदेश सांसद जयराम थापाले समग्रतामा नेपाल र चीनबीचको सांस्कृतिक सहकार्य र विकासमा सहकार्य गर्न आफु इच्छुक रहेको विचार ब्यक्त गरे। कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मुख्यत उद्यमशीलता विकास, फोहोरमैला ब्यवस्थापन र पर्यटन विकासमा सहकार्य गरेर कार्य गर्ने बिषयमा जोड दिए । चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा बुढानिलकण्ठ नगरपालिका र  चिनको १० वटा  नगरपालिका संग भगेनी सम्बन्ध कायम गरि अध्यन अबलोकन सहित एक बिज्ञ टोलि छिट्टै चिनको निमन्त्रणामा भ्रमण गर्ने गरि तय गरिएको आइपिडिएफका केन्द्रीय अध्यक्ष  मुकुन्द ढुंगानाले जानकारी गराए ।  बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सांसद जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच सम्झौता सम्पन्न गरिएको हो  । परियोजनाको विकास र विस्तारमा बुढानिलकण्ठ नगरपालिकाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । आइपिडिएफका केन्द्रीय अध्यक्ष् मुकुन्द ढुंगाना , महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ ।  बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

व्यवस्तताका बाबजुत हुम्ला र मुगुका  ‘छोरी’हरूसँग फुटबल खेल्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।  काठमाडौंमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।  यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।  ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।   ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् । 

लोकप्रिय