एभरेष्ट दैनिक

के कारणले गर्दा महिलाको योनी बढी चिलाउँछ ? यसबाट बच्ने उपाय जानिराखौं

प्रायःजसो महिलामा योनी चिलाउने समस्या हुन्छ । तर हाम्रो समाजमा अझै पनि योनी चिलाउने समस्यालाई सहजै बाहिर ल्याएको पाइँदैन । यौनी चिलाउने कारण र यसको समाधान कसरी गर्ने ? डा.माला श्रेष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ, समाजमा अझै पनि योनांगमा देखापर्ने समस्यालाई सहजै बाहिर ल्याइँदैन । यौनांगमा देखिएका समस्याभन्दा उत्ताउलो लगायतका उपनाम दिई नकारात्मक दृष्टिले हेर्ने प्रथा अझै पनि कायमै छ । जसको परिणाम स्वरुप योनांगमा देखिएका समस्याले अन्य अंगमा पनि असर गर्ने अवस्था आउँछ । यौनांगमा देखिने समस्यामध्ये योनी चिलाउने समस्याले धेरैलाई पीडा दिएको छ। यो सबै उमेरका स्त्रीमा देखा पर्न सक्छ । तर, विशेषतः किशोरी र वयष्क महिलालाई वढी चिलाउँछ । योनी चिलाउने प्रमुख कारण स्टोजन हर्मोनको कमी । योनी फोहोर राख्नु । धेरै व्यक्तिसँग यौनसम्पर्क राख्नु विशेष गरेर महिनावारीको समयमा प्रयोग गरिने प्याड तथा कपडा लामो समय राखिराख्नु, योनी सफा नगर्नु । नुहाँउदा योनीलाई असर पुर्याउने सावुन वा सेम्पो प्रयोग गर्नु । योनी प्रायःजसो पहिलो पटक महिनावारी हुने उमेरका किशोरी तथा महिनावारी सुकेका महिलालाई बढी चिलाउँछ । यसको मूख्य कारण भनेकै स्ट्रोजन हर्मोनको कमी हुनु हो । बच्ने उपाय योनी सधै सफा राख्ने । भित्र लगाउने कपडा (पेन्टी) प्रत्येक दिन परिवर्तन गर्ने । रजस्वला हुँदा ३–३ घण्टामा प्याड वा कपडा परिवर्तन गर्ने । नुहाउँदा योनांगमा मात्र प्रयोग गर्ने स्याम्पो प्रयोग गर्ने । धेरैलाई थाहा नहुन सक्छ योनांगमा आवश्यक पर्ने केही किटाणु हुन्छन् । जुन यस्तो स्याम्पोले सुरक्षित राख्छ भने, अनावश्यक किटाणु फाल्छ । योनी यसरी लामो समयसम्म चिलाइरहे उपचार तत्काल गराउनु पर्छ । अन्यथा योनीमा लामो समय संक्रमण भई पाठेघरसम्म अन्य रोग निम्तन सक्छ ।