एभरेष्ट दैनिक

चार गुणा बढी मतले जनार्दन शर्मा अगाडि

पश्चिम रुकुम, मंसिर २१ । पश्चिम रुकुमको ताजा मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा चार गुणा बढी मतले अगाडि रहेका छन् । शर्माले अहिलेसम्म कुल ३८५० मत प्राप्त गरेका छन् । भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजी जंग शाहदे १०३० मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभा क मा वाम गठबन्धनका रातो कामीले १२०० सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्ण पोखरेलले ४०० मत पाएका छन् ।