एभरेष्ट दैनिक

सिरहा ३ र ४ मा वाम गठबन्धनको अग्रता

लहान, मंसिर २२ । प्रारम्भिक मतगणनाअनुसार सिरहामा प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं ३ र ४ मा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले १२५३ मत ल्याएर अग्रता लिएका छन् । भने नेपाली काँग्रेसका अमर रेग्मीले १४०० मत ल्याएर पछ्याई रहेका छन् । त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायकले ९४३ मतसहित अगाडि रहेका छन् । उनलाई राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ४९९ सहित पछ्याई रहेका छन् ।