एभरेष्ट दैनिक

चर्चित भारतीय गायिका मोनाली ठाकुर काठमाडौंमा (भिडियो)

चर्चित भारतीय गायिका मोनाली ठाकुर काठमाडौं आइपुगेकी छिन । डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको “मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा भाग लिन मोनाली काठमाडौं आएकी हुन। पर्र्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा हुनेछ । बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ । साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् । २३ मंसिर, २०७४ – शनिवार क्लब देजावूमा हुन लागेको कार्यक्रममा मोनाली ठाकुर र चर्चित डी जेहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा अधिकांश नेपालीका साथमा भारतीय र अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको भनाई छ । कार्यक्रमको सम्पूर्ण तैयारी पूराभइसकेको आयोजक कम्पनि प्रिन्स इन्टरटेनमेन्टका संचालक प्रिन्स शाक्यले जानकारी दिए । कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । ७ बजेबाट सुरु हुने कार्यक्रम राती २ बजेसम्म चल्नेछ भने कार्यक्रमका लागी प्रवेश शुल्क १५०० देखी ५००० सम्म तोकिएको छ र मुख्य प्रायोजक टेन्स्बेर्गको रहेको छ ।