एभरेष्ट दैनिक

चितवनका गाऊँ गाऊँमा प्रचण्ड विजय र्याली (तस्बीरहरू)

भरतपुर । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदाता भेट्न गाऊँबस्ती पुगेका छन । प्रचण्ड विजयी र्याली आज बिहान शिवनगरबाट शुरू भएको छ । हजारौको संख्यामा सर्वसाधारण र्यालीमा सहभागी छन । प्रचण्डलाई बधाई दिन टोलटोलमा मतदाताहरूको ओईरो लागेको छ । सडकको छेउमा मानिसहरू लाम लागेर बसेका छन । सबैभन्दा बढी उत्साहित महिलाहरू छन । टोल टोल र बजारमा नाचगान गरि ऊनीहरूले खशीयाली मनाई रहेका छन ।