काम चलाउ सरकारले प्रदेश प्रमुख तोक्न मिल्दैन – नेपाल
२७ मंसिर, २०७४
काठमाडौं, मंसिर २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि बुधबार आयोजित कार्यक्रममा उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक र प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे । मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पारे । जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उनले पाँच वर्षभित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए ।
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
२७ मंसिर, २०७४
‘घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गछौं’
२७ मंसिर, २०७४
भाले गोहीको खोजीमा सेनाको टोली
२७ मंसिर, २०७४
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत
२७ मंसिर, २०७४
प्रदेश नं ३ को राजधानी भक्तपुर
२७ मंसिर, २०७४
७ नं प्रदेशको राजधानी अत्तिरया : लेखराज भट्ट
२७ मंसिर, २०७४
डेरीबाट दूधजन्य सामग्रीको उत्पादन
२७ मंसिर, २०७४
पेट्रोलियम अन्वेषणका लागि विदेशी कम्पनीकै भर
२७ मंसिर, २०७४
गोरखामा मात्रै ३१ हजार मत बदर
२७ मंसिर, २०७४
नवविवाहित जोडी अनुष्कार र विराट हनिमुनका लागि
२७ मंसिर, २०७४
महोत्तरीमा १३ प्रतिशत मत बदर
२७ मंसिर, २०७४