बहुचर्चित फिल्म पद्यावतको जोगियो ३२० करोड
११ माघ, २०७४
काठमाडौं । हिजआज संजयलीला भन्सालीको पछिल्लो फिल्मपद्मावतका विषयमा निकै चर्चा र चर्को विवाद देखिएको छ । जसका कारण भारतीय सेंसर बोर्ड चर्चामा छ । भारतमा कुनैपनि फिल्म सेंसर बोर्डको स्वीकृती विना रिलीज (प्रदर्शन) हुन सक्दैन । भारतीय सिनेमैटोग्राफी ऐन १९५२ मा भएका प्रावधानका व्यवस्था अनुकूल मात्रै कुनै पनि फिल्मलाई रिलिजका लागि सेंसर बोर्डले पिजी सर्टिफिकेट ९प्रदर्शन अनुमतिपत्र० दिने व्यवस्था छ । सेन्सर बोर्डको कडा अपत्तिपछि प्रदर्शन हुन पाउने वा नपाउने दुविधामा रहेको बुहचर्चित फिल्म पद्यावत प्रदर्शन हुने निश्चित भएपछि निर्माताको दुईसय करोड भारतीय रपैया जोगिएको छ । सेन्सर बोर्डले भने अनुसार सम्पादन गरेमा फिल्मको सन्देश मर्ने दावी गर्दै निर्माता अदालत पुगेको थिए । फैसला निर्माताको पक्ष आएकपछि निर्माताको लागनी जोगिएको हो । भारतीय सिनेमैटोग्राफी ऐन १९५२ मा फिल्म प्रदर्शनका लागि के कस्ता प्रावधान छन यसबारेमा हामी आज यहाँ जानकारी गराउँदैछौं: बोर्डले पिजी सर्टिफिकेटका लागि ६८ दिनभन्दा बढी रोक्न पाँदैन सेंसर बोर्डले कुनैपनि फिल्मलाई प्रदर्शन अनुमति दिनको सर्टिफिकेट दिनका लागि ६८ दिन भन्दा बढी समय लगाउन पाउँदै । सर्टिफिकेट लिनु भन्दा पहिला निर्माताले फिल्म कसका लागि बनाएको त्यो कुरा बार्डलाई चित्त बुझ्दो तरीकाले भन्नुपर्छ । बोर्डको भारतभरी ९ वटा अफिस रहेका छन् । बोर्डमा २२ देखि २५ सदस्य रहने व्यवस्था छ ।सेंसर बोर्डमा सबैभन्दा पहिला जाँच समितिले फिल्म हर्छ र कुन समूह (क्याटोगोरी) मा राख्ने भन्ने निर्णय गर्दछ । बोर्डकाे निर्णयविरुद्ध ट्रिब्यूनल जानसक्ने फिल्ममा कुनै आपत्ति जनक दृश्य (सीन) भए बोर्डले हटाउ भन्छ । बोर्डले भने अनुसार निर्माता उक्त दृश्य हटाएर प्रदर्शन अनुमतिपत्र लिन सक्छ । तर कुनै निर्माताले बोर्डले भने अनुसार हटाउन नचाहेमा उ बोर्डको निर्णय विरुद्ध सर्टिफिकेटका लागि ‘एपीलेट ट्रिब्यूनल’मा अपील गर्न सक्दछ । सेन्सर बोर्डले फिल्म हेरिसकेपछि सो फिल्मलाई यू, यूए अथवा ए कुन समूहमा राख्ने भन्ने निक्र्यौल गर्दछ । फिल्म प्रदर्शनका लागि यी नियमको पालन अनिवार्य छ : १. सामाजिक मर्यादाविरुद्धका कुनैपनि गतिविधि जस्तैः हिंसा, बलात्कारलगायतको कुरालाई प्रोहत्सान दिने खालका विषयबस्तु फिल्म हुनु हुदैन । २. बच्चालाई हिसंक गतिविधिमा सहभागी गराएको (पीडितका रुपमा पनि) दृश्य फिल्ममा देखाउन पाइदैन । ३. मानसिक कमजोरी, शारीरिक अपा«ङगतालगायतका समस्या भएका व्यक्तिप्रति गलत व्यवहार र मजाक उडाउने दृश्य राख्नि मनाही छ । ४. धुमपान, मद्यपान अथवा सूर्तीजन्य उत्पाउनलाई सही हो भन्नु प्रतिबन्ध छ । ५. सामाजिक मर्यादाविरुद्धका गतिविधिलाई बढवा दिने कुनैपनि सामग्री फिल्मबाट हटाइन्छ । ६. महिलामाथि यौनशोषण, रेप, यातना जस्ता विषयलाई हटाइन्छ । ७. त्यस्ता दृश्य वा शब्द जुन अवैज्ञानिक, अराष्ट्रिय अथवा साम्प्रदायिकतालाई विथोल्ने र संरक्षण गर्ने खालका हुन्छन् त्यसलाई रोकिन्छ । ८. राष्ट्रिय चिन्ह, राज्य चिन्ह बनाउन र सही प्रयोगलाई कानुन अन्तर्गत नै मानिने छ ।
महोत्सवमा ज्योति मगरलार्इ निषेध
१० माघ, २०७४
Highway obstructed by snowfall
१० माघ, २०७४
डुबेर एकैघरका दुईजनाको मृत्यु
१० माघ, २०७४
डुबेर एकैघरका दुईजनाको मृत्यु
१० माघ, २०७४
प्रदेश २ मा क–कसले दिए उम्मेदवार, नामसहित
१० माघ, २०७४