एभरेष्ट दैनिक

यी हुन् १६५ मध्ये निर्वाचित हुने ६७ नयाँ अनुहार

काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् । एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित १६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा। बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् । चारदेखि ६ पटकसम्म दोहोरिने सांसद तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए । एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन्। यी हुन् तीनपटक सांसद बन्ने नेता गोरखाबाट डा। बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् । कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा। शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् । जो छैटौँपटक सांसद बन्न सकेनन् ०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए । पहिलोपटक निर्वाचित सांसद एमाले (राजेन्द्र गौतम, संखुवासभा (गोकुल बास्कोटा, काभ्रे २ (महेश बस्नेत, भक्तपुर २ (नन्दलाल रोकाया, बाँके ३ (तिलक महत, नवलपुर २ (नरबहादुर धामी, कञ्चनपुर २ (पदम गिरी, पर्वत (यज्ञ बोगटी, अछाम २ (जयकुमार राई, सुनसरी १ (मेटमणि चौधरी, दाङ १ (नवराज रावत, सुर्खेत २ (लीलानाथ श्रेष्ठ, सिरहा ३ (पवित्रा निरौला खरेल, झापा २ (नारदमुनि राना थारू, कैलाली ५ (कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १ (केदार सिग्देल, तनहुँ २ (हीराचन्द्र केसी, दाङ ३ (नारायण खतिवडा, नुवाकोट २ (राजबहादुर बुढा, दैलेख २ (रवीन्द्रराज शर्मा, दैलेख १ (ध्रुव शाही, सुर्खेत १ (लालप्रसाद साँवा लिम्बू, झापा ४ (जगत विश्वकर्मा, कास्की ३ (राजेन्द्र राई, धनकुटा (नवराज सिलवाल, ललितपुर १ (कृष्ण राई, काठमाडौं ३ (घनश्याम खतिवडा, मोरङ १ (जीवनराम श्रेष्ठ, काठमाडौं ८ (भूमि त्रिपाठी, धादिङ १ (खेम लोहनी, धादिङ २ (डा। सूर्य पाठक, बाग्लुङ १ (योगेश भट्टराई, ताप्लेजुङ १ (लालबहादुर थापा, बाजुरा (गोपाल बम, मुगु १ (भूपेन्द्रबहादुर थापा, म्याग्दी (प्रेमप्रसाद तुलाचन, मुस्ताङ (पाल्देन छोपाङ गुरुङ, मनाङ (दीपकप्रकाश भट्ट, कञ्चनपुर ३ (नारायण मरासिनी, स्याङ्जा १ (पद्मा अर्याल, स्याङ्जा २ (झपट रावल, कैलाली २ माओवादी केन्द्र (सुरेशचन्द्र दास, सिरहा २ (रामेश्वरराय यादव, सर्लाही ३ (गजेन्द्र महत, जुम्ला (हिमाल किराती, उदयपुर २ (हेमकुमार राई, सोलुखुम्बु (बिना मगर, कञ्चनपुर १ (महेश्वर गहतराज, बाँके १ (गंगाबहादुर तामाङ, काभ्रे १ (चक्रपाणि खनाल, कपिलवस्तु १ (दुर्गाबहादुर रावत, कालिकोट (हरि अधिकारी, गोरखा १ कांग्रेस (प्रमोदकुमार यादव, रुपन्देही ४ (देवप्रसाद तिमल्सिना, रौतहट ४ (मोहन आचार्य, रसुवा संघीय समाजवादी फोरम (डा। सुरेन्द्र यादव, महोत्तरी ४ (प्रदीप यादव, पर्सा १ (विमलप्रसाद श्रीवास्तव, पर्सा २ (हरिनारायण रौनियार, पर्सा ३ (उमाशंकर अरगरिया, धनुषा २ (रामबाबु यादव, बारा ३ (डा। सूर्यनारायण यादव, सप्तरी १ राजपा रिेशमलाल चौधरी, कैलाली १ (प्रमोद साह, सर्लाही १ (चन्द्रकान्त चौधरी, सप्तरी ३ (एकवाल मियाँ, बारा ४ राप्रपा (राजेन्द्र लिङ्देन, झापा ३ -नयाँ पत्रिकाबाट